ताजा समाचार

तराइमा आज होली मनाईदै

 

 

विराटनगर, १८ फागुन । तराइमा आज धुमधामका साथ होली मनाईंदैछ । काठमाडौं सहित पहाडी जिल्लाहरुमा हिजो होली मनाइएको थियो । फागु पर्व एकापसमा खुसीयाली साटासाट गरी सामूहिक रुपमा भेला भएर एक अर्कालाई रङ दलेर मनाउने गरिन्छ ।

तराईमा होलीलाई विशेष महत्वका साथ मनाउने गरिन्छ । होलीमा प्रयोग गरिने रङहरूको आ(आफ्नै महत्व रहेको छ । नीलो रङलाई धर्मयुद्धको प्रतीक मानिन्छ । पहेँलो रङ भगवान विष्णु र श्रीकृष्णको प्रिय रङ हो । भगवान गणेशलाई सबै रङ मन पर्ने तथा रातो रङलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ ।

सत्य युगमा विष्णुभक्त प्रहृलादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकालाई प्रहृलादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा प्रहृलादलाई केही नभएको तर होलीका आफै जलेर नष्ट भएपछि असत्यमाथि सत्यको विजयको प्रतिकको रुपमा होली पर्व मनाउने गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org