ताजा समाचार

टिपर दुर्घटनामा एकको मृत्यु

चितवन, १८ फागुन ।  राप्ती नगरपालिका– १ परेवाकोटमा आज टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।

ना७ख २९८४ नंको टिपर भीरबाट खस्दा मकवानपुर मनहरीका २१ वर्षीय सुनिल मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घाइतेको भरतपुरस्थित अलाइभ अस्पतालमा उपचार भइरहेको छ । ग्राभेल झारेर फर्कने क्रममा टिपर सडकबाट करिब ७० मिटर तल खसेको थियो । (रासस)

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org