ताजा समाचार

अमेरिका पठाइदिने भन्दै ठगी गर्ने २ जना पक्राउ

काठमाडौं १८ फागुन । अमेरिका पठाईदिने बहानामा २६ लाख रुपैयाँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अधिकृत र मन्त्रीको पीए हुँ भन्दै ७ जनासँग २६ लाख ठगी गरेका दाङका छविलाल चौधरी र उनकी पत्नी सुभद्रा कर्माचार्यलाई पीडितको उजुरीको आधारमा उनीहरुलाई आज काठमाडौंको कालोपुलबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जानकारी दिएको छ ।

दाङका ४१ वर्षीय चौधरीले अमेरिकाको इन्टरनेसनल इन्स्टिच्युट अफ इन्फिनिटजम भन्ने संस्थामा रोजगारी दिन्छु भन्दै ७ जनासँग रकम असुलेका थिए । उक्‍त रकम आफ्नी पत्नी शुभद्रा कर्माचार्यको बैंक अफ काठमाडौंको खातामा र आईएमई मार्फत पठाउन लगाएका थिए ।

चौधरीले पीडितसँग प्रतिव्यक्ति २५ लाख रुपैयाँ लाग्ने भन्दै पासपोर्टसमेत लिएको थियो । प्रहरीले उनीहरुविरुद्ध ठगीको मुद्दा चलाएको छ । ठगी प्रमाणित भएमा मुलुकी ऐन ठगीको महल अनुसार विगो बराबरको जरिबाना र ५ वर्षसम्म कैद हुने व्यवस्था रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org