बोको हरामले ११० जना छात्राहरुलाई नियन्त्रणमा लिएको पुष्टि
अबुजा, १९ फागुन। नाइजेरियाली आतङ्कबादी समूह बोको हरामले हराइरहेका ११० जना छात्राहरुलाई आफ्नो नियन्त्रणमा राखिएको पुष्टि गरेको छ ।
सरकारी वार्ताकारहरुले ती छात्राहरुलाई सरकारी सेनासँग फिर्ता ल्याउन बोको हरामको कमाण्डरसँग माग गरेको मानवअधिकारवादीहरुले शुक्रबार जनाएका छन् । ती छात्राहरुलाई देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने डाप्ची सहरमा रहेको कम्या क्याम्पसबाट बोको हरामका लडाकूहरुले अपहरण गरेका थिए ।
चर्चित मानवअधिकारबादी तथा वकिल एैशा अल्काली बाकिलले अपहरित ती छात्राहरुलाई सुरक्षित, स्वास्थ र राम्रो अवस्थामा राख्न बोको हरामलाई आग्रह गर्नुभएको छ ।
जवाफमा बोको हरामका नेता अल बर्नावीले ती छात्राहरुलाई कुनै असर र अप्ठा¥यारो पर्न नदिने र नमार्ने प्रतिबद्धता जनाएको नाइजेरियाको समाचार संस्थाले उल्लेख गरेको छ । यसै हप्ताको सुरुमा चर्चित मानवअधिकारवादीहरुले अपहरित छात्राहरुलाई रिहा गर्न खुल्ला रुपमा आग्रह गरेका थिए ।
संयुक्त राष्ट्रसंघले बोको हरामले गरेको आतङ्कवादी आक्रमणका कारण सन् २००९ देखि हालसम्म झण्डै २० हजार जनाको मृत्यु भएको जनाएको छ । (रासस÷सिन्ह्वा)
Comments
अरु समाचार
-
पाकिस्तानमा राजनीतिक विवाद समाधान गर्न सत्तारूढ दल र विपक्षीबीच वार्ता
काठमाडौं । पाकिस्तान तहरीक–ए–केमा (पीटीआई) र सरकारबीच देशमा राजनीतिक तनाव कम गर्ने उद्देश्यले इस्लामाबादको संसद भवनमा वार्ता प्रक्रिया सुरु भएको...
-
टर्कीएमा कारखानामा विस्फोट हुँदा १२ जनाको मृत्यु
काठमाडौं । टर्कीएको उत्तरपश्चिममा मङ्गलबार भएको शक्तिशाली विस्फोटमा परी १२ जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको स्थानीय...
-
मलेसियामा सवारीसाधन एकआपसमा ठोक्किँदा सात जनाको मृत्यु, ३३ घाइते
काठमाडौं । सोमबार राति उत्तरतर्फ जाने उत्तर–दक्षिण एक्सप्रेसवेको आयर केरोह रेस्ट र सेवा नजिक तीनवटा सवारीसाधन एकआपसमा ठोक्किँदा सात जनाको...
-
स्पेसएक्सद्वारा २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा प्रक्षेपण
काठमाडौं । अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले सोमबार २१ वटा स्टारलिङ्क उपग्रहहरू प्रक्षेपण गरेको छ । स्पेसएक्सका अनुसार पूर्वी समयको...
-
शेख हसिनालाई फिर्ता पठाउन भारतलाई बङ्गलादेशको आग्रह
ढाका । बङ्गलादेशले विद्यार्थी नेतृत्वको आन्दोलनले सत्ताच्युत गरेपछि अगस्ट ५ मा भारत भाग्नुभएकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई फिर्ता पठाउन भारतलाई...
-
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मन जारी
काठमाडौं । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योलले सोधपुछका लागि गरिएको परिपत्रलाई दोस्रो पटक अस्वीकार गर्दै अनुसन्धान प्रक्रियामा सहभागी...
-
रूस र युक्रेनबीचको युद्धमा उत्तर कोरियाका एक हजार १०० सैनिकको मृत्यु
काठमाडौं । रूस र युक्रेनबीचको युद्धमा एक हजारभन्दा बढी उत्तर कोरियाली सैनिक हताहत (मृत्यु वा घाइते) भएको दक्षिण कोरियाको ज्वाइन्ट...
-
पाकिस्तानमा प्रमाणपत्र प्राप्त गर्नको लागि पोलियो खोप अनिवार्य
काठमाडौं । पाकिस्तानको प्रान्त खैबर–पख्तुनख्वामा (के–पी) सरकारले जन्म, मृत्यु र विवाह प्रमाणपत्रहरू प्राप्त गर्नको लागि पोलियो खोप अनिवार्य गरेको छ...
-
नेपालमा चिनियाँ भाषाको आकर्षण बढ्दो, भाषाका माध्यमबाट चीन चिनाइँदै
काठमाडौं । विश्व बजारमा छिमेकी चीनको प्रभाव विस्तार हुँदै गएका बेला नेपालमा चिनियाँ भाषाप्रतिको आकर्षण बढेको छ । विभिन्न बिद्यालय...