ताजा समाचार

बालुवाटारमा संघीय समाजवादी फोरमसँग वार्त जारी

 

काठमाडौं, २० फागुन । बाम गठबन्धन र संघीय समाजवादी फोरमको वार्ता अहिले बालुवाटारमा भइरहेको छ ।

फोरम सरकारमा सहभागी हुने विषयलाइ लिएर वार्ता भइरहेको हो । बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र फोरम अध्यक्ष उपेन्द्र यादव रहेका छन् । बैठकमा मन्त्रालय बाँडफाँट लगायत विषयमा छलफल भइरहेको छ।

यसअघि पनि फोरम र बाम गठबन्धनको बैठक बसेको थियो । तर मन्त्रालय बाँडफाडको विषयमा सहमति हुन नसकेपछि वार्ता असफल भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org