ताजा समाचार

३ सय ३१ संघीय सांसदले आज सपथ लिँदै

काठमाडौं,२० फागुन।प्रतिनिधि र राष्ट्रिय सभा सदस्यले आज पद तथा गोपनियताको सपथ लिँदै छन्।

प्रतिनिधि सभाका २७५ सदस्यले अपरान्ह ४ बजे र राष्ट्रिय सभाका ५६ जनाले साँझ ५ बजे सपथ लिने संसद सचिवालयले जनाएको छ।

दुबै सदनका जेष्ठ सदस्यले सपथ खुवाउने छन्। प्रतिनिधि सभाका जेष्ठ सदस्य ९नागरिकताअनुसार० राजपा सांसद महिन्द्र राय यादव र राष्ट्रिय सभाकी जेष्ठ सदस्य तारादेवी भट्टले दिउँसो १ बजे राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिनेछन्।

सरकारले मनोनयन गरेका राष्ट्रिय सभाका तीन सदस्यलाई भने तत्काल सपथ नखुवाउन सर्वोच्चले अन्तरकालीन आदेश दिएको छ।

प्रतिनिधि सभाको चुनाव भएको तीन महिनापछि सांसदहरूले सपथ लिन लागेका हुन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org