ताजा समाचार

पाकिस्तानी प्रधानमन्त्रीलाई टुँडिखेलमा सलामी दिइने

काठमाडौं,२१ फागुन । दुई दिने औपचारिक भ्रमणकालागि नेपाल आउदै गरेका पाकिस्तानी प्रधानमन्त्री साहिद खाकन लाई सैनिक मञ्च टुँडिखेलमा गार्ड अफ अनर दिइने भएको छ।

अब्बासी सोमबार दिउँसो तीन बजेपछि काठमाडौं आइपुग्दै छन्। उनलाई पाँच बजेपछि सैनिक मञ्चमा सेनाको एक टुकुडीले सलामी दिने कार्यक्रम रहेको छ ।

पाकिस्तानी प्रधानमन्त्री अब्बासीलाई गार्ड अफ अनर दिने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनेछन्। यसअघि भने विदेशी पाहुनालाई त्रिभुवन विमानस्थलमै गार्ड अफ अनर दिने चलन थियो।

गार्ड अफ अनरमा समकक्षी जानुपर्छ। विदेशी पाहुना आउँदा गार्ड अफ अनर दिन हाम्रा राष्ट्रपतिरप्रधानमन्त्री विमानस्थल जानु व्यवहारिक नहुने भएकाले सरकारले सैनिक मञ्च टुँडिखेलमा गार्ड अफ अनर दिने निर्णय गरेको हो।

पाकिस्तानी प्रधानमन्त्री अब्बासीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आजै भेट गर्ने कार्यक्रम रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org