ताजा समाचार

कांग्रेस संसदीय दलको नेता छान्न मतदान हुदै

काठमाडौं, २१ फागुन । कांग्रसले संसदीय दलको नेता छान्न मतदान सुरु गरेको छ । मतदान कांग्रेस संसदीय दलको कार्यालय सिंहदरवारमा भइरहेको छ ।

संसदीय दलको नेताका लागि उम्मेदवार दिने पार्टी सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंह रहेका छन् । संसदीय दलको नेता बनाउनका लागि कांग्रेसका ६३ जना सांसदले निर्वाचनमा भाग लिएका छन् । संसदीय दलको नेतामा निर्वाचित हुन बहुमत चाहिन्छ देउवाको बहुमत बलियो भएका कारण संसदीय दलको नेता उनी नै बन्ने पक्का भएको छ ।

निर्वाचन सकिएपछि मतगणना सुरु हुने निर्वाचन समिति संयोजक चिनकाजी श्रेष्ठले बताएका छन् । अपरान्ह संघीय संसद बैठक बस्नुअघि नै दलको नेता निर्वाचित भएको घोषणा पनि गरिनेछ ।  आपसि छलफल गर्दा कुरा नमिलेपछि निर्वाचनको माध्यमबाट संसदीय दलको नेता चुन्न लागिएको हो

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org