ताजा समाचार

सुखानी दिवसकै दिन संसद अधिवेशन

काठमाडौं,२१ फागुन,। फागुन २१ गते सुखानी दिवसकै दिन पारेर संघीय संसदको पहिलो बैठक आह्वान गरिएको  स्रोतले जनाएको छ । प्रधानमन्त्रीले सुखानी दिवसकै अवसर पारेर संसद अधिवेशन बोलाएको स्रोतको दावी छ । सुखानीसँग एमालेको भावना गाँसिएको छ । ओलीसहितका नेताले २०२८ सालमा झापा क्रान्तिबाट नेपालमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन थालेका थिए ।

२०२९ साल फागुन २१ गते तत्कालिन झापाली कम्युनिस्ट क्रान्तिकारीहरुलाई पन्चायती शासकले जेल सार्ने बहानामा सुखानीको जंगलमा लगेर हत्या गरेका थिए । केपी ओलीसँगै क्रान्तिमा होमिएका रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई जेल सार्ने बहानामा झापाको सुखानीमा हत्या गरिएको ओलीले ट्वीटमार्फत स्मरण गरेका छन् ।

हरेक वर्ष कम्युनिष्ट आस्थावानहरुले कम्युनिष्ट आन्दोलनमा मुलुककै महत्वपूर्ण इतिहास बोकेको सुखानी काण्डमा मारिएका सहिदहरुलाई सम्झिने गरेका छन् । ४३ वर्षअघि कम्युनिष्ट आन्दोलनका क्रममा पाँचजनाले सहादत प्राप्त गरेको घटना ‘सुखानी काण्ड’ले देशभर परिचित छ । कम्युनिष्ट आन्दोलनलाई उचाइमा पु¥याउने झापा विद्रोह संगै ढलेका तिनै सहिदहरु गतवर्षबाट बल्ल पूर्णकदको शालिकमा भएपनि उभिन पाएका छन् भने यो वर्षबाट शहीदको नाममा दर्ज हुन पाएका छन्

झापा आन्दोलनका क्रममा तत्कालिन भूमिगत कम्युनिष्ट पार्टीका तत्कालीन मेची–कोशी को–अर्डिनेसन कमिटीबाट विद्रोह गरेर बनेको कोअर्डिनेसन कमिटी, झापाले वर्गशत्रु खतम अभियान र तत्कालीन पञ्चायती दमनको विरुद्ध मोर्चाबन्दी गरेको आरोपमा पक्राउ परेका पाँचजना योद्धालाई झापाको चन्द्रगढीबाट इलाम जेल सार्ने बहानामा २०२९ फागुन २१ गते सुखानीको जंगलमा लगेर हत्या गरिएको थियो ।

सुखानी दिवसकै अवसरमा एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सुखानीका शहीदले देखाएको बाटो कहिल्यै नभुल्ने बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org