इटलीको निर्वाचन मत परिणाम, सत्ताधारीमध्य–वामपन्थी दलद्वारा हार स्वीकार
रोम, इटली, २१ फागुन । इटलीमा आइतबार भएको निर्वाचनको परिणाम आइरहँदा उक्त चुनावमा कुनै पनि दलले स्पष्ट बहुमत ल्याउने सम्भावना देखिएको छैन ।
करिब १० वर्ष पहिलेस्थापित फाइभ स्टार सबैभन्दा शक्तिशाली दल बनेको छ । फाइभ स्टार मुभमेन्टले पनि आफ्नो शक्तिको लेखाजोखा गर्दै राष्ट्रिय राजनीतिमा शक्ति सन्तुलनका लागि काम गर्ने बताएको छ । यद्यपि उक्त दलले गठबन्धन सरकार बनाउने विषय भने अस्वीकार गरिरहेको छ ।
इटालीको संसद.मा नयाँ निर्वाचनमार्फत प्रतिनिधि चयनका लागि देशभित्र रहेका झण्डै ५१ हजार मतदाता र समुद्रपार रहेका ४३ लाख इटालियालीले थिए ।
संसद्को सबै ६३० सदस्य सङ्ख्याका लागि भएको निर्वाचनमा जम्मा तीन हजार ९०१ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् भने सिनेटको ३१५ सदस्यका लागि एक हजार ९५८ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।
दक्षिणपन्थीहरूको भन्दा फाइभ स्टारले कम सीट जितेको छ । तर पार्टीका नेताहरूले नयाँ सरकारको खम्बा उक्त दल हुने बताएका छन् । आप्रवासन विरोधी लिग पार्टी वा पूर्वप्रधानमन्त्री सिल्भियो बेर्लुस्कोनीको फोर्तसा इटालियामध्ये कुन चाही शक्ति गठबन्धनभित्रको सबैभन्दा ठूलो दल बनेको छ भन्ने स्पष्ट भइसकेको छैन ।
सर्वेक्षणहरूले बहुमत प्राप्त गर्ने अवस्थाको नजिक भने पूर्वप्रधानमन्त्री बेर्लुस्कोनीले नेतृत्व गरेको मध्य दक्षिणपन्थी गठबन्धन रहेको देखाएको छ ।
सरकारको नेतृत्व सम्हालेको मध्य वामपन्थी दलले हार स्वीकार गरेको छ ।
इटालीले पहिलो पटक निर्वाचनसम्बन्धि नयाँ कानूनको प्रयोग गर्दै आइतबार मतदान सम्पन्न गरेको थियो । नतिजा पूर्ण विवरण आउन अझै केही घण्टा पर्खिनुपर्नेछ ।
निर्वाचनमा सबै उम्मेदवारको मुख्य आकर्षण इटालीको अर्थतन्त्र र सुरक्षा मुद्दा मुख्य रूपमा चर्चामा रहेको छ । निर्वाचनमा आप्रवासीसम्बन्धी मुद्दाले पनि निकै चर्चा पाएको थियो । इटालीको दक्षिणपन्थी पक्षले आप्रवासीविरोधी मुद्दालाई बेजोडरूपले उठाएको छ ।
इटालीमा सन् २०१३ पछि मध्य तथा वामपन्थी प्रजातन्त्रिक दलको गठबन्धनका तीन फरक÷फरक प्रधानमन्त्रीले सत्ता सम्हालिसकेका छन् । (रासस÷एएफपी)
Comments
अरु समाचार
-
पाकिस्तानमा राजनीतिक विवाद समाधान गर्न सत्तारूढ दल र विपक्षीबीच वार्ता
काठमाडौं । पाकिस्तान तहरीक–ए–केमा (पीटीआई) र सरकारबीच देशमा राजनीतिक तनाव कम गर्ने उद्देश्यले इस्लामाबादको संसद भवनमा वार्ता प्रक्रिया सुरु भएको...
-
टर्कीएमा कारखानामा विस्फोट हुँदा १२ जनाको मृत्यु
काठमाडौं । टर्कीएको उत्तरपश्चिममा मङ्गलबार भएको शक्तिशाली विस्फोटमा परी १२ जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको स्थानीय...
-
मलेसियामा सवारीसाधन एकआपसमा ठोक्किँदा सात जनाको मृत्यु, ३३ घाइते
काठमाडौं । सोमबार राति उत्तरतर्फ जाने उत्तर–दक्षिण एक्सप्रेसवेको आयर केरोह रेस्ट र सेवा नजिक तीनवटा सवारीसाधन एकआपसमा ठोक्किँदा सात जनाको...
-
स्पेसएक्सद्वारा २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा प्रक्षेपण
काठमाडौं । अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले सोमबार २१ वटा स्टारलिङ्क उपग्रहहरू प्रक्षेपण गरेको छ । स्पेसएक्सका अनुसार पूर्वी समयको...
-
शेख हसिनालाई फिर्ता पठाउन भारतलाई बङ्गलादेशको आग्रह
ढाका । बङ्गलादेशले विद्यार्थी नेतृत्वको आन्दोलनले सत्ताच्युत गरेपछि अगस्ट ५ मा भारत भाग्नुभएकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई फिर्ता पठाउन भारतलाई...
-
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मन जारी
काठमाडौं । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योलले सोधपुछका लागि गरिएको परिपत्रलाई दोस्रो पटक अस्वीकार गर्दै अनुसन्धान प्रक्रियामा सहभागी...
-
रूस र युक्रेनबीचको युद्धमा उत्तर कोरियाका एक हजार १०० सैनिकको मृत्यु
काठमाडौं । रूस र युक्रेनबीचको युद्धमा एक हजारभन्दा बढी उत्तर कोरियाली सैनिक हताहत (मृत्यु वा घाइते) भएको दक्षिण कोरियाको ज्वाइन्ट...
-
पाकिस्तानमा प्रमाणपत्र प्राप्त गर्नको लागि पोलियो खोप अनिवार्य
काठमाडौं । पाकिस्तानको प्रान्त खैबर–पख्तुनख्वामा (के–पी) सरकारले जन्म, मृत्यु र विवाह प्रमाणपत्रहरू प्राप्त गर्नको लागि पोलियो खोप अनिवार्य गरेको छ...
-
नेपालमा चिनियाँ भाषाको आकर्षण बढ्दो, भाषाका माध्यमबाट चीन चिनाइँदै
काठमाडौं । विश्व बजारमा छिमेकी चीनको प्रभाव विस्तार हुँदै गएका बेला नेपालमा चिनियाँ भाषाप्रतिको आकर्षण बढेको छ । विभिन्न बिद्यालय...