ताजा समाचार

संविधान संशोधनमा सहयोग गर्छौं : देउवा

काठमाडौं,२२ फागुन। प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवाले संसदलाई सम्बोधन गर्दै संविधान संशोधन र शान्ति प्रक्रियाको विषयमा कांग्रेसले सहयोग गर्ने बताएका छन् ।

आफ्नो कार्यकालमा संविधान संशोधन गर्न खोज्दा पनि संशोधन गर्न असफल भएको बताएका छन । तर अहिलेको सरकारले त्यतातिर ध्यान दिएको सुन्दा खुशी लागेको पनि व्यक्त गरे ।

लामो समयको संघर्ष पछि संविधान प्राप्त भएको कारण संविधानका आधारभूत संरचनामा परिर्वतनको प्रयास नगर्न पनि खबरदारी गरे ।

सम्बोधनका क्रममा देउवाले आफ्नो कार्यकालमा चुनाव गराएर संविधान कार्यान्वयन गर्न पाएकोमा सन्तोष लागेको समेत बताए

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org