ताजा समाचार

राष्ट्रपतिको उम्मेद्धार छान्न कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

 काठमाडौं,२२ फागुन ।  राष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्न नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ । बुधबार विहान ९ बजे पार्टी कार्यालय सानेपामा बैठक बोलाइएको छ । राष्ट्रपति निर्वाचनका लागि बुधबार उम्मेदवारी दिने कार्यतालिका छ ।

तर कांग्रेसमा अहिलेसम्म उम्मेदवारी दिने कि नदिने भन्ने विषयमा दुई मत छ । केहीले पार्टीले उम्मेदवारी दिनुपर्ने धारणा राखेका छन् भने केहीले नजित्ने चुनाव लड्नुभन्दा उम्मेदवारी नदिएर सकारात्मक सन्देश दिनुपर्ने धारणा राखेका छन् ।
कांग्रेसमा उम्मेदवारी दिने विषयमा सहमति जुटेमा नेता मानबहादुर विश्वकर्माला २ उम्मेदवार बनाउने तयारी छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org