मासु पसलमा फोहर र झिँगा
ललितपुर, २२ फागुन । शहरका भित्री भागमा सञ्चालन गरिएका मासु पसल पmोहर ठाउँमा रहेको पाइएको छ ।
जिल्ला पशु सेवा कार्यालयको आयोजनामा सरोकारवाला निकायका प्रतिनिधिले एक सातासम्म गरेको अनुगमनका क्रममा मासु पसलले सफाइमा बेवास्ता गरेको पाइएको हो ।
बधस्थल र मासु पसल फरक–फरक ठाउँमा हुनुपर्ने व्यवस्था भए पनि धेरै सञ्चालकले एकै ठाउँमा राखेको पाइएको कार्यालयका प्रमुख मोगल साहले बताउनुभयो । एउटै पसलमा एउटाभन्दा बढी किसिमका मासु बेच्दा फरक ठाउँमा राख्नुपर्ने नियम छ । कतिपय मासु पसलले एउटै टेबुलमा राख्ने गरेको पाइएको छ ।
उहाँ भन्नुहुन्छ, “कतिपय मासु पसलले जानकारी नभएर र कतिले भएर पनि नियम पालना गरेका छैनन् ।”
जाली र सिसा राख्नुपर्ने व्यवस्था भए पनि कतिपय मासु पसलले त्यसको पालना गरेका छैनन् । मेलम्ची खानेपानीका लागि सडक खन्दा सडक धुलाम्मे छन् । अनुगमनका क्रममा अधिकांश मासु पसल सडक छेउमा र कतिपय चोकमा पाइएको साहले बताउनुभयो ।
“सडक छेउका मासु पसल वरपर फोहर मात्र देख्न सकिन्छ,” उहाँले भन्नुभयो । कम्तीमा १२ घण्टासम्म डिपफ्रिजमा राखेको मासु खानका लागि योग्य मानिन्छ । उक्त अवधिसम्म फ्रिजमा राख्दा मासुमा भएका ब्याक्टेरिया मर्ने साह बताउनुहुन्छ । धेरै उपभोक्ताले आलो मासु नै किन्न चाहने हुँदा डिपफ्रिजमा नराखी बेच्ने गरेका पसल सञ्चालकले अनुगमन टोलीलाई बताएका छन् ।
अघिल्ला वर्षहरुमा भन्दा फ्रिजको प्रयोग बढेको छ । उहाँ भन्नुहुन्छ, “बिहानदेखि साँझसम्म बिग्रन्छ भनेर पनि पसलेले फ्रिज प्रयोग गर्न थालेका छन् ।” अझै पनि फ्रिजमा राखेको भन्दा आलो मासु किन्न चाहने ग्राहकको सं्ख्या बढी छ । मासुलाई फ्रिज बाहिर राखिरहँदा ब्याक्टेरिया बढ्ने र गुणस्तर कम हुने भए पनि आमउपभोक्तालाई बुझाउन नसकिएको साह बताउनुहुन्छ ।
मासु पसल कतिपय दर्ता नै नभई सञ्चालनमा रहेका र कतिपय मिति नाघेर पनि नवीकरण नगरिएका पाइएको महानगरपालिकाका नगर प्रहरी प्रमुख कदमलाल महर्जन बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हामीले पसललेलाई दर्ता प्रक्रियामा आउन सुझाव दिएका छौँ । कतिपय पसल व्यवस्थित बन्दै गए पनि पुस्तौँदेखि चलेका परम्परागत मासु पसलमा सुधार आएको छैन ।”
उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधि राम गुरुङ अनुगमनका क्रममा कतिपय पसलेले फोहर भुइँमा फालेको पाइएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “ग्राहकलाई आकर्षित गर्न मासु टेबुलमा पसल बाहिरसमेत राखेको पाइयो ।” उपभोक्तामा चेतनाको कमी रहेको गुरुङ बताउनुहुन्छ ।
“उपभोक्तलाई डिपफ्रिजमा राखेको मासुमात्रै किन्नुपर्छ भनेर बुझाउन सकिएको छैन,” उहाँले भन्नुभयो ।
कार्यालयले टोली बनाएर एक सातामा ६६ वटा मासु पसलको अनुगमन गरेको थियो । महानगरपालिकाको वडा नं १ देखि ६ सम्मका मासु पसलको अनुगमन गरिएको थियो । उपमहानगरपालिका हुँदासम्म यहाँका २२ वटा वडामा झण्डै ३०० वटा मासु पसल दर्ता भएर सञ्चालनमा थिए । रासस
Comments
अरु समाचार
-
अध्यागमनको छवि सुधार गर्न आवश्यक छ: गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालयले आफ्नो छवि सुधार गर्न आवश्यक रहेको बताएका छन् । अध्यागमन कार्यालयका बारेमा नकरात्मक...
-
बङ्गलादेशले लगायो पोलिथिन झोला प्रयोगमा प्रतिबन्ध
काठमाडौं । बङ्गलादेशका सबै सुपरमार्केटमा प्लाष्टिक (पोलिथिन एण्ड पोलिप्रोपाइलिन ब्याग) झोला राख्न प्रतिबन्ध लगाइएको छ । यो निर्णय अक्टोबर १...
-
प्रधानमन्त्रीविरुद्ध सामाजिक सञ्जालमा भइरहेका गतिविधि देशहित विपरीत छन्ः महासचिव पोखरेल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली विदेशमा रहेका बेला प्रधानमन्त्री विरुद्ध सामाजिक सञ्जालमार्फत...
-
पोखरीमा डुबेर बेपत्ता भएकी बालिकाको शव फेला
काठामाडौं । धनुषाको धनुषा धाममा रहेको पोखरीमा डुबेर बेपत्ता भएकी बालिकाको शव आज बिहान फेला परेको छ । धनुषाधाम नगरपालिका...
-
घमेश दुलालले ल्याए खर्च दशैंलाई (भिडियो)
काठमाडाैं । चर्चित गायक घमेश दुलालले 'खर्च दशैंलाई' बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलालले आफ्नै युट्युब...
-
दाङमा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते
काठमाडौं । दाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । घोराही उपमहानगरपालिका–११ खुङकोटका निमकली साहुको...
-
मन्त्री राणा र अमेरिकी उपमन्त्री वासबीच भेटवार्ता
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन आएकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग अमेरिकाका राजनीतिक मामिलासम्बन्धी कार्यवाहक उपविदेश मन्त्री जोन...
-
बङ्गलादेशले मौद्रिक नीतिमा कडाइ गर्ने
काठमाडौं । बङ्गलादेशको केन्द्रीय बैङ्कले मुद्रास्फीति नियन्त्रण गर्न सरकारलाई सहयोग पु¥याउने उद्देश्यले आगामी महिनाको अन्त्यसम्ममा दुई पटक नीतिगत दरमा वृद्धि...
-
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान गरेको छ । आयोगले आज एक सूचना...