ताजा समाचार

विदेश पठाइदिने बाहानामा ३३ लाख ठगी गर्ने युवा पक्राउ

काठमाडौं,२३ फागुन । लेस्पेन र पोर्चुगलमा आकर्षक जागिर लगाइदिने प्रलोभन देखाए ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । उनी मकवानपुरको भिमफेदी घर भइ हाल काठमाडौं बस्दै आएका ३१ वर्षीय आर्यन लामा हुन् ।

उनीमाथि खोटाङ निर्मली डाँडा–१ का निरकाजी बस्नेतसहित ४ जनालाई ३३ लाख रुपैयाँ ठगीको आरोप लागेको छ । पोर्चुगल लगिदिने बाहानामा पैसा लिएर विदेश नपठाएपछि पीडितले रकम फिर्ता मागेका थिए ।तर दुई सहकारीको चेक दिए पनि खातामा मौज्दात रकम नभएको खुलेपछि पीडितले उजुरी दिएका थिए ।

साथै लामाले दोलखाका मोहन प्रधान र कारसाङ तामाङलाई पनि कतार एयरवेजमा काम लगाइदिने भनि ३ लाख ५० हजार रुपैयाँ ठगी गरेको अनुसन्धानबाट खुलेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org