दुर्घटना कम गर्न चालकको आँखा परीक्षण
रोल्पा, २४ फागुन । जिल्लामा बढिरहेको सवारी दुर्घटना न्यूनीकरण गर्ने भन्दै रोल्पामा सवारी चालक र सहचालकको निःशुल्क आँखा शिविर गरिएको छ ।
नेपाल रेडक्रश सोसाइटी जिल्ला शाखा रोल्पाको आयोजनामा बुधबार भएको सो शिविरमा जिल्लाका लामो तथा छोटो दूरीका सवारी चालक र सहचालकको सहभागीता रहेको थियो । सवारी चालकको कमजोर आँखाका कारण कयौैँ दुर्घटना हुने गरेको तथ्य सार्वजनिक भएसँगै रेडक्रश रोल्पाले यो अभियानको थालनी गरेको बताइएको छ ।
चालक र सहचालकले अनिवार्यरुपमा आँखा परीक्षण गर्नुका साथै समस्या देखिए चश्मा र औषधि प्रयोगका लागि अभिप्रेरित गर्न यो कार्यक्रम सञ्चालन गरेका हौँ नेपाल रेडक्रश सोसाइटी जिल्ला शाखा रोल्पाका सभापति नौलसिं पुनले भन्नुभयो ।
शिविरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाको सहजीकरणमा ट्राफिक नियमको बारेमा अभिमुखीकरण समेत गरिएको थियो । चालक र सहचालकका लागि ट्राफिक नियमको अभिमुखीकरण तथा आँखा परीक्षण शिविरले जिल्लामा हुने दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने जलजला यातायात व्यवसायी समिति रोल्पाका प्रशासनिक प्रमुख यज्ञश्वर आचार्यले प्रतिक्रिया दिनुभएको छ ।
शिविरको पहिलो चरणमा भएको कार्यक्रममा जिल्लाका ३६ जना चालक र सहचालकले आँखा परीक्षण गरेको सामुदायिक आँखा केन्द्र रोल्पाका इञ्चार्ज रेणुका चौधरीले जानकारी दिनुभयो ।
सवारी दुर्घटनाको एक कारण चालक र सहचालकको कमजोर आँखा पनि भएकाले यस्ता शिविरले दुर्घटना न्यूनीकरणमा भूमिका खेल्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब निरीक्षक कृष्णबहादुर विकले बताउनुभयो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका अनुसार जिल्लामा आर्थिक वर्ष ०७२÷०७३ मा भएका २० वटा सवारी दुर्घटनामा सात जनाको मृत्यु, १२ जना घाइते र २२ जना समान्य घाइते भएका थिए ।
यसैगरी आव ०७३÷७४ मा भएका ३६ वटा सवारी दुर्घटनामा पाँचको मृत्यु, २७ जना घाइते र २७ जना सामान्य घाइते भएका थिए । चालू आवको हालसम्म भएका आठवटा सवारी दुर्घटनामा तीन जनाको मृत्यु, दुईजना घाइते र १० जना सामान्य घाइते भएका थिए । (रासस)
Comments
अरु समाचार
-
काठमाडौँ उपत्यकामा पनि तापक्रम बढ्ने
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी र मधेस प्रदेशसहित...
-
दश महिनामा करिब एक्काइस अर्ब राजस्व सङ्कलन
काठमाडौं । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चालु आर्थिक वर्षको १० महिनामा करिब रु २१ अर्ब राजस्व सङ्कलन भएको छ । कोष तथा...
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ...
-
प्रधानमन्त्री दाहालले जेठ ७ गते विश्वासको मत लिने, संसद्लाई पठाए पत्र
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालले यही जेठ ७...
-
आईपीएलमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर भिड्दै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर जाएन्ट्स खेल्दैछन् । यी दुई देशको खेल...
-
जनकपुर–जयनगर रेल्वे सेवा तीन दिनसम्म बन्दरहने
जलेश्वर । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ ।नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक...
-
प्रतिनिधिसभाको बैठकमा आजपनि अवरोध कायमै रहने
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि विहीबार स्थगित भएको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज बिहान...
-
अग्रगामी र राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्याउनुपर्छ:अध्यक्ष ओली
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितको सम्वद्र्धन, सुशासन र तीव्र विकासलाई अगाडि बढाउन...
-
नेप्से परिसूचकमा झिनो अङ्कको बृद्धि
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार,...