बिरामीलाई फलफूल वितरण
ताप्लेजुङ, २४ फागुन । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा ‘अन्तर्राष्ट्रिय हरियाली मञ्च ताप्लेजुङ’ले जिल्ला अस्पतालमा रहेका बिरामीलाई आज फलफूल वितरण गरेको छ ।
अस्पतालमा उपचारार्थ २४ बिरामीलाई फलफूल तथा जुस वितरण गरिएको मञ्चका अध्यक्ष दिनेश लिङ्खिमले जानकारी दिनुभयो । अस्पताल परिसरमा आयोजित कार्यक्रमपछि प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीसहितको टोलीले बिरामीलाई फलफूल वितरण गरेको हो ।
कार्यक्रममा सशस्त्र प्रहरी नायब उपरीक्षक यादव विश्वकर्मा, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दुर्गा चापागाईं, अस्पतालका प्रमुख डाक्टर सचिन यादव, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, मञ्चका पदाधिकारीलगायतको सहभागिता रहेको थियो ।
यसैबीच अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा नेपाल महिला उद्यमी संघले सिरिजंघा गाउँपालिकामा र फुङलिङ नगरपालिकाले जिल्ला समन्वय समितिको कार्यालय परिसरमा आज विभिन्न कार्यक्रम आयोजना गरेका छन् । (रासस)
Comments
अरु समाचार
-
आईपीएलमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर भिड्दै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर जाएन्ट्स खेल्दैछन् । यी दुई देशको खेल...
-
जनकपुर–जयनगर रेल्वे सेवा तीन दिनसम्म बन्दरहने
जलेश्वर । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ ।नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक...
-
प्रतिनिधिसभाको बैठकमा आजपनि अवरोध कायमै रहने
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि विहीबार स्थगित भएको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज बिहान...
-
अग्रगामी र राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्याउनुपर्छ:अध्यक्ष ओली
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितको सम्वद्र्धन, सुशासन र तीव्र विकासलाई अगाडि बढाउन...
-
नेप्से परिसूचकमा झिनो अङ्कको बृद्धि
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार,...
-
स्लोभाक प्रधानमन्त्री फिकोमाथि भएको आक्रमण कायरतापूर्ण कार्य: प्रधानमन्त्री मोदी
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि भएको गोली प्रहारलाई ‘कायरतापूर्ण र डरलाग्दो कार्य’ भएको निन्दा गर्दै...
-
पूर्वप्रधानसेनापति सिंहको निधन
काठमाडौं । पूर्वप्रधानसेनापति धर्मपालवर सिंह थापाको निधन भएको छ । लामो समयदेखि फोक्सोसम्बन्धी रोगबाट पीडित उहाँको आज ८५ वर्षको उमेरमा...
-
सत्तापक्ष संसदीय छानबिन समिति बनाउन तयार, कांग्रेसले गृहमन्त्रीलाई बोल्न दिने
काठमाडौं । सहकारी ठगी प्रकरणले बन्धक बनेको संघीय संसद् निकासोन्मुख देखिएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उठाउँदै आएको संसदीय...
-
निजी छाडेर सामुदायिक विद्यालयमा भर्ना
काठमाडौं । पछिल्लो सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढिरहेको छ । निजी विद्यालय छाडेर पनि सामुदायिक विद्यालयमा भर्ना हुन आउनेको सङ्ख्या...