ताजा समाचार

तोकिएको समयमा काम नगर्ने निकायलाई कडा कारबाही गरिने : ओली

 

काठमाडौं, २५ फागुन। प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल सर्जिकल भवनको शुक्रबार शिलान्याश गर्दै देश विकासमा समर्पित हुन सबैलाई आह्वान गरेका छन्
साथै प्रधानमन्त्री ओलीले तोकिएको समयभित्र काम सम्पन्न नगर्ने निकायमाथि पनि कडा कारबाही हुने चेतावनी दिएका छन् ।

उनले ‘अवको नेपाल गतिशील नेपाल’ भन्दै त्यसमा आलटाल गर्ने छुट कसैलाई समेत सचेत गराए ।प्रधानमन्त्री ओलीले देश बनाउन आफूले कडाभन्दा कडा कदम चाल्ने घोषणा गरे  ।उनले सरकारले सबै निकायले काम गरे, नगरेको कडा निगरानी राख्ने पनि बताए । प्रधानमन्त्री ओलीले स्वास्थ्य क्षेत्रको सुधारका लागि आवश्यक सबै खालको सहयोग गर्ने प्रतिवद्धता गरेका छन्

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org