ताजा समाचार

कर्मचारीको सहयोगले मात्र सरकारको स्थायित्व रहने

हेटौडा,२५ फागुन । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल कर्मचारीको सहयोगले मात्र सरकारको स्थायित्व रहने बताएका छन् ।

साथै उनले हेटौंडा आइपुगेका स्थानीय तहका कर्मचारीलाई सरकारको सहयोगी बन्ने आग्रह गरे।

उनले  सरकार सबै क्षेत्रलाई प्रतिस्पर्धी बनाउने अभियानमा रहेको भन्दै कर्मचारीलाई प्रतिस्पर्धी बनाउँदै मुलुक रुपान्तरणसँगै परिवर्तन समृद्धिको दिशामा अघि बढाउने काममा लागेको बताए ।

मुख्यमन्त्री पौडेलले कर्मचारीले आफू मुलुक निर्माण गर्ने महत्वपूर्ण अंगको रुपमा महशुस गरे बिकास र समृद्धि टाढा नभएको बताए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org