ताजा समाचार

अब सरकारले सिधै दोषीमाथि कारबाही गरोस भन्ने जनताले चाहान्छन् : प्रचण्ड

काठमाडौं,२७ फागुन काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली लगाएतका मन्त्रीहरुलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कठोर कदम चाल्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीप्रति विश्वासको मत दिँदै प्रचण्डले जनताले झण्डै दुई तिहाई मत दिएर सरकारको हात बलियो बनाएको बताए । भ्रष्टाचार, अनियमिता गर्नेहरुविरु कठोर कदम चाल्न आग्रह गर्दै उनले भने, ‘अब जनताले भाषण होइन, एक्सन खोजेका छन् ।’

बोक्सीको आरोपमा निर्घात कुटिएकी युवती र ८ वर्षीया बालिकामाथि भएको बलात्कारका घटना उल्लेख गर्दै प्रचन्डले भने (भाषण होइन, अब सरकारले सिधै दोषीमाथि कारबाही गरोस भन्ने जनताले चाहान्छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org