जसलाई बिरामीले कुरिरहेका थिए
चितवन, २९ फागुन। सोमबार सांँझ वरिष्ठ न्यूरो सर्जन बालकृष्ण थापा आउंँछन् र शल्यक्रिया गर्छन् भन्ने पर्खाइमा एक बिरामी कुरिरहेका थिए । बिहीबार भरतपुरको एलाइभ अस्पतालमा भर्ना हुनुभएका पर्वतका ६५ वर्षीय पीताम्बर सापकोटा अकस्मात थापा जहाज दुर्घटनामा निधन भएको थाहा पाएपछि छांँगाबाट खसेजस्तो हुनुभयो । उहांँमात्र होइन अन्य धेरै बिरामी पनि उहांँको पर्खाइमा थिए ।
डा थापासंँग टाउकाको शल्यक्रिया गरेर रोगको उपचार गर्ने सापकोटाको चाहना अहिले सपना मात्रै भएको छ । टाउकोमा रगत जमेका कारण उहांँको दायांँ हात चलेको छैन । डा थापाले टाउकाको दायांँ भागमा रगत जमेको र आफू फर्किएपछि शल्यक्रिया गर्ने जनाएकाले सापकोटा उक्त अस्पतालमा भर्ना हुनुभएको हो ।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा थापाबाटै शल्यक्रियाको पर्खाइमा तीनजना बिरामी अहिले पनि शय्यामै छन् । अस्पतालको न्यूरो विभागमा आइतबार र बिहीबार शल्यक्रिया हुन्छ । अन्य दिनमा २० देखि ४० बिरामी उपचारका लागि आउंँछन् । भरतपुरको चितवन अस्पतालका बिरामी पनि उहांँको पर्खाइमा थिए । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा न्यूरो युनिटमा थापा प्रमुख हुनुहुन्थ्यो । उहांँसँगै डा बेन्जु लक्ष्मी प्रधानले पनि शल्यक्रिया गर्नुहुन्थ्यो ।
प्रधानले भन्नुभयो, “मैले एक्लै शल्यक्रिया गरेकी छैन, उहांँ आएपछि शल्यक्रिया गर्न तीनजना बिरामी शय्यामै छन् ।” उहाँका अनुसार ढाकामा भएको न्यूरो सर्जरीसम्बन्धी सम्मेलनमा सहभागी हुन डा। थापा गएको मंगलबार यहांँबाट काठमाडौँ जानुभएको थियो । उहांँले विगत छ वर्षदेखि डा थापासंँगै काम गर्दै आउनुभएको छ । न्यूरो विभागमा उहांँहरु दुईजना मात्र हुनुहुन्थ्यो तर आफूले एक्लै शल्यक्रिया नगरेकाले अब ती बिरामीलाई के गर्ने अहिल्यै भन्न नसक्ने प्रधानले बताउनुभयो ।
टाउकामा ठूला ट्युमर देखिए दिनमा एउटा र सानो भए तीन वटासम्म शल्यक्रिया गर्ने गरेको प्रधानको भनाइ छ । क्यान्सर अस्पतालमा थापाले २०५८ सालबाट काम गर्दै आउनुभएको थियो । राजधानी बाहिर केही वर्षअघिसम्म न्यूरो सर्जन उहांँमात्र हुनुहुन्थ्यो । त्यसैले जिल्लाका सरकारी र निजी अस्पतालमा न्यूरो सर्जरी उहांँले मात्रै गर्नुहुन्थ्यो ।
चितवन अस्पताल प्रालिका कार्यकारी अध्यक्ष चूडामणि घिमिरेका अनुसार डा थापा शनिबार फर्कने भनेर आइतबार बिरामी बोलाइएको थियो । उहांँले भ्याएका बेला दैनिक २० बिरामी हेर्ने गरिन्थ्यो तर उहांँको फोन नलागेपछि बिरामी फर्किएको घिमिरेले बताउनुभयो ।
डा थापाले पछिल्लो समय शल्यक्रिया निजी अस्पताल एलाइभमा पनि गर्दै आउनुभएको थियो । उक्त अस्पतालका प्रमुख डा प्रमोद लामिछानेका अनुसार विगत सात वर्षदेखि थापाले त्यहांँका बिरामीको पनि शल्यक्रिया गर्दै आउनुभएको थियो ।
डा लामिछानेले भन्नुभयो, “बिरामी आउंँदा डा थापा मध्यरातमा पनि अस्पताल आएर शल्यक्रिया गर्नुहुन्थ्यो ।” अर्थोपेडिक सर्जनसमेत रहनुभएका लामिछानेले टाउकोको ट्युमर शल्यक्रियाका लागि उहांँ देशकै एक नम्बर भएको दाबी गर्नुभयो । थापाकै प्रयोगका लागि उक्त अस्पतालले रु ६० लाख खर्च गरेर उपकरण खरिद गरेको थियो ।
लामिछानेका अनुसार क्यान्सरको उपचारका लागि सरकारी अस्पताल आएका बिरामीलाई कहिल्यै पनि निजी अस्पतालमा ल्याउन हुँदैन भन्ने मान्यता राख्नुहुने डा थापाले यहांँका मेडिकल कलेज र अन्य निजी अस्पतालमा गएर बिरामी हेर्ने र शल्यक्रिया गर्नेसमेत गर्नुहुन्थ्यो । कुनै अस्पतालका बिरामीमा न्यूरोसम्बन्धी समस्या देखिएमा अन्य चिकित्सकले थापासंँग राय सुझाव लिने गरेका थिए । थापाले काठमाडौँको अल्का अस्पतालमा पनि बिरामी हेर्ने र शल्यक्रिया गर्ने गर्नुहुन्थ्यो । देशको मध्यभागमा दुर्घटना बढी हुने हुंँदा थापाको जिल्लामा माग र महत्व बढी थियो ।
विमान दुर्घटनामा देशले गुमाएको एक प्रतिभाशाली न्युरो सर्जन गोल्ड मेडलिस्ट थापा कहिल्यै पनि दोस्रो नभएको उहांँका समकक्षीहरु बताउंँछन् ।
काभ्रेको कुशादेवी–३ मा २०२४ माघ ४ मा जन्मिनुभएका थापा विगत लामो समयदेखि चितवनमा बसोबास गर्दै आउनुभएको थियो ।
थापा सानैदेखि मेधावी विद्यार्थी भएको बताइन्छ । प्रवेशिका र प्रमाणपत्र तह पहिलो श्रेणीमा उत्तीर्ण गर्नुभएका थापा २०५१ सालको एमबिबिएस ‘टपर’ बिद्यार्थी हुनुका साथै बंगलादेशको ढाकास्थित बंगबन्धु शेखमुजिव विश्वविद्यालयमा विदेशी विद्यार्थीको कोटाबाट एमएस परीक्षामा पास गर्ने पहिलो र आफ्नो ब्याचका ‘गोल्ड मेडलिस्ट’ पनि हुनुहुन्थ्यो ।
चिकित्सा क्षेत्रबाहेक थापा साहित्य क्षेत्रमा पनि सक्रिय हुनुहुन्थ्यो । उहाँका दुई कविता संग्रह ‘डाक्टरी कविता’ ९२०६१० र ‘डाक्टरका कविता’ ९२०६९० तथा निबन्ध संग्रह ‘चिरफार’ ९२०७०० प्रकाशित छन् । रासस
Comments
अरु समाचार
-
अध्यागमनको छवि सुधार गर्न आवश्यक छ: गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालयले आफ्नो छवि सुधार गर्न आवश्यक रहेको बताएका छन् । अध्यागमन कार्यालयका बारेमा नकरात्मक...
-
बङ्गलादेशले लगायो पोलिथिन झोला प्रयोगमा प्रतिबन्ध
काठमाडौं । बङ्गलादेशका सबै सुपरमार्केटमा प्लाष्टिक (पोलिथिन एण्ड पोलिप्रोपाइलिन ब्याग) झोला राख्न प्रतिबन्ध लगाइएको छ । यो निर्णय अक्टोबर १...
-
प्रधानमन्त्रीविरुद्ध सामाजिक सञ्जालमा भइरहेका गतिविधि देशहित विपरीत छन्ः महासचिव पोखरेल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली विदेशमा रहेका बेला प्रधानमन्त्री विरुद्ध सामाजिक सञ्जालमार्फत...
-
पोखरीमा डुबेर बेपत्ता भएकी बालिकाको शव फेला
काठामाडौं । धनुषाको धनुषा धाममा रहेको पोखरीमा डुबेर बेपत्ता भएकी बालिकाको शव आज बिहान फेला परेको छ । धनुषाधाम नगरपालिका...
-
घमेश दुलालले ल्याए खर्च दशैंलाई (भिडियो)
काठमाडाैं । चर्चित गायक घमेश दुलालले 'खर्च दशैंलाई' बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलालले आफ्नै युट्युब...
-
दाङमा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते
काठमाडौं । दाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । घोराही उपमहानगरपालिका–११ खुङकोटका निमकली साहुको...
-
मन्त्री राणा र अमेरिकी उपमन्त्री वासबीच भेटवार्ता
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन आएकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग अमेरिकाका राजनीतिक मामिलासम्बन्धी कार्यवाहक उपविदेश मन्त्री जोन...
-
बङ्गलादेशले मौद्रिक नीतिमा कडाइ गर्ने
काठमाडौं । बङ्गलादेशको केन्द्रीय बैङ्कले मुद्रास्फीति नियन्त्रण गर्न सरकारलाई सहयोग पु¥याउने उद्देश्यले आगामी महिनाको अन्त्यसम्ममा दुई पटक नीतिगत दरमा वृद्धि...
-
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान गरेको छ । आयोगले आज एक सूचना...