ताजा समाचार

बंगलादेशका नागरिक उड्डयन र परराष्ट्र मन्त्री नेपाल आउँदै

काठमाडौं,२९ फागुन । बंगलादेशका नागरिक उड्डयान मन्त्री एकेएम शाहजान र पराराष्ट्र राज्यमन्त्री शाहरिर अलाम नेपाल आउने भएका छन् ।

सोमबार भएको यूएस विमान दुर्घटना बारे बुझ्न  नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उनीहरुको साथमा सोमबार विमान दुर्घटनामा परेका आफन्तजनहरु पनि आउने भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा २२ जना बंगलादेशी नागरिकको मृत्यु भएको थियो भने केही घाइते छन् । उनीहरुको काठमाडौंको अस्पतालहरुमा उपचार भइरहेको छ ।

विमान दुर्घटनाबारे प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग टेलिफोन संवाद गरी जानकारी गराएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org