आगलागीबाट तीनवटा पसल नष्ट
लहान, ३० फागुन। सिरहाको सुखीपुर नगरपालिका–८ स्थित बजारमा गएराति आगलागी हँुदा तीनवटा पसल जलेर नष्ट भएका छन् ।
आगलागीबाट सुखीपुरको गुद्री बजारस्थित सञ्जीव गुप्ताको घरमा रहेको किराना, फेन्सी स्टोर्स र टेलर्स पसल जलेर नष्ट हुँदा करिब १५ लाख मूल्य बराबरको धनमालको क्षति भएको इलाका प्रहरी कार्यालय, सुखीपुरका प्रहरी नायब निरीक्षक सुदर्शन दासले जानकारी दिनुभयो ।
गुद्री बजारस्थित उपेन्द्र साहको किराना पसलबाट अचानक शुरु भएको आगो फैलिएर सञ्जीव गुप्ताको फेन्सी पसल र लटु यादवको टेलर्स पसलभित्र रहेका नगदसमेत जलेर नष्ट हुँदा सो मूल्य बराबरको सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
राति पसल बन्द गरेर घर गएका उपेन्द्र साहको किराना पसलबाट आगलागी भएको देखेपछि स्थानीयवासीले पसल सञ्चालक, बारुण यन्त्र र प्रहरीलाई खबर गरेका थिए । विद्युत् चुहावट सर्ट सर्किट भई सो आगलागी भएको अनुमान रहेको प्रहरीले गरेको छ । लहान नगरपालिकाबाट आएको बारुण यन्त्र, प्रहरी र स्थानीयवासीको प्रयासमा आगो नियन्त्रणमा आएको थियो । (रासस)
Comments
अरु समाचार
-
घमेश दुलालले ल्याए खर्च दशैंलाई (भिडियो)
काठमाडाैं । चर्चित गायक घमेश दुलालले 'खर्च दशैंलाई' बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलालले आफ्नै युट्युब...
-
दाङमा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते
काठमाडौं । दाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । घोराही उपमहानगरपालिका–११ खुङकोटका निमकली साहुको...
-
मन्त्री राणा र अमेरिकी उपमन्त्री वासबीच भेटवार्ता
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन आएकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग अमेरिकाका राजनीतिक मामिलासम्बन्धी कार्यवाहक उपविदेश मन्त्री जोन...
-
बङ्गलादेशले मौद्रिक नीतिमा कडाइ गर्ने
काठमाडौं । बङ्गलादेशको केन्द्रीय बैङ्कले मुद्रास्फीति नियन्त्रण गर्न सरकारलाई सहयोग पु¥याउने उद्देश्यले आगामी महिनाको अन्त्यसम्ममा दुई पटक नीतिगत दरमा वृद्धि...
-
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान गरेको छ । आयोगले आज एक सूचना...
-
प्रधानमन्त्रीओली र विश्व बैंकका अध्यक्ष बंगाबिच भेटवार्ता
काठमाडौं । संयुक्त राष्ट्र संघको ७९ औं महासभामा प्रधानमन्त्री केपी शर्मा ओली र विश्व बैंक समूहका अध्यक्ष अजय बंगाबिच भेटवार्ता...
-
साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल सञ्चालन
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका दुई स्थानमा दसैं, तिहार र छठका अवसरमा सुपथ...
-
उपप्रधानमन्त्री विष्णु पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबिच भेटवार्ता
काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबिच बेइजिङमा भेटवार्ता भएको छ । भेटवार्ताका अवसरमा दुई...
-
तनहुँ मालपोतद्वारा ३६ करोड राजस्व सङ्कलन
काठमाडौं । मालपोत कार्यालयले आर्थिक वर्ष २०८०–८१ मा रु ३६ करोड राजस्व सङ्कलन गरेको छ । यो आव २०७९÷८० को...