ताजा समाचार

न्यायिक प्रक्रियाबाट अलग रहन गोपाल पराजुलीलाई राष्ट्रपतिको सुझाव

काठमाडौं।३० फागुन । राष्ट्रपति पदकामा निर्वाचित विद्यादेवी भण्डारीले प्रधानन्यायाधीश गोपाल पराजुलीबाट शपथग्रहण गर्नुअघि अनौपचारिकरुपमा कानुनी र राजनीतिक परामर्श लिएकी छन् ।

साउनमै अवकाश पाइसक्नुपर्ने व्यक्तिसँगै बसेर बहस गर्न नसकिने भनी सर्वोच्च अदालतका ९ न्यायाधीशले पराजुलीले तोकेको इजलास अश्वीकार गरेपछि प्रधान्यायाधीश अहिले विवादमा छन् ।

राष्ट्रपति पदमा निर्वाचिन भइसकेपछि संविधानअनुसार राष्ट्रपतिले प्रधानन्यायाधीशबाट सपथ लिनुपर्ने रहेको छ । तर विवादमा रहेका प्रधानन्यायाधीशबाट सपथग्रहण गर्ने उचित हुने या अरुनै विकल्प खोज्ने सन्दर्भमा राष्ट्रपतिले परामर्श लिएको स्रोतले जनाएको छ ।

संविधानतः बहालवाला प्रधानन्यायाधीशबाटै सपथ लिनुपर्ने भएकाले पराजुलीले त्यसअघि आफैैंले निकास नदिएसम्म उनैबाट सपथग्रहण लिनुपर्ने हुन्छ ।

राष्ट्रपतिनिकट स्रोतका अनुसार राष्ट्रपतिको चाहना सकेसम्म पराजुली आफैंले परिस्थिति बुझेर निकास दिए राम्रो हुन्थ्यो भन्ने छ । तर, पराजुलीले निकास नदिएमा सपथग्रहणपछि राष्ट्रपतिले उनलाई शीतलनिवासभित्रै भेटेर न्यायिक प्रक्रियाबाट अलग हुन सुझाव दिने तयारी रहेको स्रोतले जनाएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org