ताजा समाचार

राष्ट्रपति भण्डारीले ४ बजे सपथ ग्रहण गर्ने

 

 

काठमाडौं, ३० फागुन । दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित विद्यादेवी भण्डारीले आज अपरान्ह ४ बजे पद तथा गोपनियताको सपथ ग्रहण गर्ने भएकी छिन् ।

मंलबार भएको राष्ट्रपति निर्वाचनमा उनी नेपाली कांग्रेसकी नेतृ कुमारी लक्ष्मी राईलाई हराएर विजयी भएकी हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई निर्वाचन आयोगले राष्ट्रपति पदमा विजयी भएको प्रमाणपत्र समेत हस्तान्तरण गरीसकेको छ ।

नेपालको संविधान अनुसार राष्ट्रपति पदमा निर्वाचित भइसकेपछि प्रधानन्यायाधीशबाट सपथ ग्रहण गर्ने व्यवस्था रहेको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org