ताजा समाचार

प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन नमिल्ने : कांग्रेस

 

काठमाडौं,३० फागुन ।पार्टी कार्यलयको एक कार्यक्रममा  बोल्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन नपाइने बताएका छन् ।

पटक पटक विवादमा तानिएका प्रधानन्यायाधीश गोपाल पराजुलीलाको बचाउका लागि नेपाली कांग्रेसले पराजुलीलाई महाअभियोग लगाउन नमिल्ने बताएको छ । विवादमा परिरहेका प्रधानन्यायाधीश पराजुलीलाई महाअभियोग लगाउनुपर्ने चर्चा सत्तारुढ दलभित्र चलिरहेको छ ।

गत साउनमै अवकाश पाइसक्नुपर्ने भन्दै सर्वोच्चका न्यायाधीशहरुले प्रधानन्यायधीश गोपाल पराजुलीलाई न्यायीक पदबाट बाहिर रहन सुझाव दिदै आएका छन् ।पराजुली न्यायीक पदमा रहुन्जेल आफूहरु इजलासमा नबन्ने भन्दै सर्वोच्च अदालतका ८ जना न्यायाधीशहरुले बेञ्च बहिष्कार गरेको थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org