ताजा समाचार

वृद्धा र किशोरीलाई बलात्कार गर्ने दुईजना पक्राउ

डडेल्धुरा, ३० फागुन । डडेल्धुरामा वृद्धा र किशारीलाई बलात्कार गरेको अभियोगमा दुईजनालाई पक्राउ गरेको छ ।

बलात्कारको उजुरी परेपछि जिल्ला प्रहरी कार्यालयले गन्यापधुराका २६ वर्षीय केशव लुहार र कञ्चनपुर शुक्लाफाटा नगरपालिका–११ का नरेन्द्रबहादुर कुँवरलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

प्रहरीले फागुन २६ गते ६२ वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा २६ वर्षीय केशव लुहारलाई र फागुन २६ गते नै १७ वर्षीया एक किशोरीलाई बलात्कारको आरोपमा कुँबरलाई गरिएको प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताउनुभयो । (रासस)

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org