ताजा समाचार

मन्त्रिपरिषद् विस्तार : १४ जना मन्त्री थपिदै

 

काठमाडौं, २ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।

आज १४ जना मन्त्री थपिएपछि ओली मन्त्रिमण्डल अब २१ सदस्यीय हुने भएको छ। थपिएका नयाँ मन्त्रीहरुले आज ४ बजे सपथ ग्रहण गर्ने भएका छन् ।माओवादीको तर्फबाट आज थपिने नयाँ मन्त्रीमा गिरीराजमणि पोखरेल, वर्षमान पुन, बिना मगर, शक्ति बस्नेत छन्। जनार्दन शर्मा र बलदेव शर्मामध्ये एक जना मन्त्री हुने स्रोतले जनाएको छ ।

सरकारले फोरमसँ गरेको भागबन्डापछि यसअघि कायम गरिएका १७ मध्ये तीन मन्त्रालय फुटाएर २० बनाउने निर्णय गरेको छ।

संघीय समाजवादी फोरमबाट अध्यक्ष उपेन्द्र यादव र सहअध्यक्ष राजेन्द्र श्रेष्ठ मन्त्री हुने भएका छन्। फोरमले गृह, परराष्ट्र, सञ्चार र रक्षाबाट एक, भौतिक, सहरी विकास, स्वास्थ्य, कृषिमध्येबाट एक र सामान्य, वातावरण, भूमिसुधारमध्येबाट एक मन्त्रालयको माग गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org