ताजा समाचार

फूड पोइजनिङ भए के गर्ने ?

बासि खानेकुरा दुषित भोजनको सेवनबाट हुने समस्या हो फूड पोइजनिङ । यो यस्तो प्रकारको समस्या हो जसको उपचार आफैँ गरेर एक दुई दिन या एक हप्तामा सामान्य हुन सकिन्छ ।  फूड पोइजनिङको सामान्य लक्षणहरु वान्ता हुनु, वाकवाकी लाग्नु, मुखमा अमिलो पानी आउनु लगायत हुन् ।

फूड पोइजनिङ लामो समय रहने रोग नभए पनि गर्भवती महिला, बालबालिका र बृद्धबृद्धाहरुलाई भने यसले धेरै नै समस्यामा पार्छ ।  फूड पोइजनिङ भएको बेला अत्याधिक पानी, चिया वा जुस पिउनु पर्दछ । यसले तपाईंको शरीरमा हुने निर्जलिकरणलाई कम गर्न मद्धत गर्दछ ।

फूड पोइजनिङबाट बच्न यि कुरामा ध्यान दिनुपर्छः  मादकपदार्थ, दुध या कफिनयूक्त पेय पदार्थ नपिउने  ।  नरम खाद्य पदार्थ सेवन गर्ने जस्तै : भात, केरा, टोस्ट आदी ।   मसलेदार, अत्याधिक चिल्लो र उच्च फ्याटयूक्त खानेकुरा नखाने ।

हरिया खानेकुराहरु, तुलसीको पात, धनिया, जीरा खाने । सम्भव भएसम्म आराम गर्नुपर्छ  , किनभने फुड पोइजनिङले थकानलाई बढाउँछ ।   यति गर्दा पनि स्वास्थ्यमा सुधार नआएमा चिकित्सकसँग परामर्श गरेर औषधि सेवन  गर्नुपर्दछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org