निजी क्षेत्रमा काम गर्ने ती पाइलटले जागिरको सुरक्षाका कारण आफ्नो नाम खुलाउन मानेनन् । उनले आफ्ना सहकर्मी पाइलटलाई लेखेको पत्रमा भनेका छन्, ‘उक्त दुःखद दुर्घटनाले पर्खिरहेको थियो ।’
उनले लेखेको पत्र प्रकाशित भएको छ । जसको सार यस्तो छः
म एकदम निराश र डिस्टर्ब छु । यो दुर्घटनाले प्रतिक्षा गरिरहेको थियो । सुरक्षा संस्कृति वा साँचोभन्दा निजी क्षेत्रमा यसको अभाव एकदम उदेकलाग्दो छ ।
मलाई थाहा छ,पाइलटहरुलाई जोखिमयुक्त अवस्थाहरुमा पनि उडान गर्न व्यवस्थापनले दबाब दिन्छ । उडानको सुरक्षामाथि व्यवसायिक स्वार्थहरु हाबी हुन्छन् ।
मैले हाम्रा फस्र्ट अफिसरहरुबाट धेरै निराशाजनक कथाहरु सुनेको छु जो पहिले निजी क्षेत्रमा काम गर्थे । यदि उनीहरुले बढाई-चढाई नै गरेका हुन् भने त्यसको २५ प्रतिशतलाई सत्य मान्दा पनि यो चिन्ताको विषय हो ।
तपाईं एउटा अनुभवी र वरिष्ठ पाइलट हुनुहुन्छ । कृपया उठ्नुस् । तपाईंले मलाई एकपटक भन्नुभएको थियो कि मैले ‘नो’ भन्न जानेको छैन । प्लिज सम्भिmनुस्, एउटा क्याप्टेनले आफ्नो म्यानेजमेन्टलाई कतिपय अवस्थामा ‘नो’ भन्नैपर्ने हुन्छ ।
क्याप्टेन अबिदका छोराछोरीहरुले उनीहरुका बाबुलाई कहिल्यै देख्न सक्ने छैनन् । मेरो मुटु टुक्रा-टुक्रा भएको छ । उनको ठाउँमा म हुन सक्थेँ, तपाईं हुन सक्नुहुन्थ्यो ।’
निजी विमानहरुले न्यूनतम भिजिबिलिटीभन्दा कममा, खराब मौसममा उडान गर्ने, प्राविधिक समस्याहरुमा सम्झौता गर्ने, मौसम राडारविना नै उडान गर्ने, पाइलटहरुलाई इन्जिनियरिङ लगमा प्रवेश नदिने आदि प्रवृत्ति छन् । उनीहरुका लागि सुरक्षाभन्दा पैसा धेरै महत्वपूर्ण छ ।
हे भगवान ! हामी पाइलटहरुले प्रत्येक दिन आफ्नो जीवनलाई दाउमा लगाउनुपर्ने हुन्छ । यो एउटा त्रासदीपूर्ण ड्यूटी हो, मिडियाले चित्रण गर्ने जस्तो ग्ल्यामरस जागिर होइन ।
मैले अरु विदेशी विमानहरु जाडोमा भिजिबिलिटी सुधार हुने प्रतिक्षामा होल्ड गरिरहेको देखेको छु, तर यूएस बंगलाले भने यस्तो अवस्थामा पनि अवतरणको लागि तयार हुन्छ ।
सबै पाइलटहले आफ्नो कामको प्रभाव कति ठूलो हुन्छ भन्ने महसुस गर्नुपर्छ । यदि सबै एकजुट भए व्यवस्थापनले खराव मौसम वा प्रतिकुल अवस्थामा उडान गर्नका लागि दवाव दिन सक्दैन ।
हो, सबै सावधानी र सुरक्षाका बाबजुद कहिलेकाहीँ दुर्घटना हुन सक्छ । अत्यन्त अनुभवी चालक दल छन् भने पनि । तर, यसको अर्थ हामी आफ्नो सुरक्षाप्रति लापरवाह हुनुपर्छ भन्ने होइन ।
मैले सुनेको छु, क्याप्टेन अबिद सुल्तान काठमाडौं एयरपोर्टमा जानुअघि चारवटा क्षेत्रमा उडान गरिसकेका थिए । कति दुखलाग्दो ? त्यो पनि केवल दुई महिनाको अनुभव भएको फस्र्ट अफिसरसँग । विमानहरुले यस्ता अनुभवहीन फस्र्ट अफिसरहरुलाई नजिकै उडान भर्ने अनुमति समेत दिँदैनन् ।
अन्त्यमा, क्याप्टेन अबिदका छोराछोरीहरुले उनीहरुका बाबुलाई कहिल्यै देख्न सक्ने छैनन् । मेरो मुटु टुक्रा-टुक्रा भएको छ । उनको ठाउँमा म हुन सक्थेँ, तपाइर्ं हुन सक्नुहुन्थ्यो ।’