ताजा समाचार

अपहरण पछि बालकको हत्या

महेन्द्रनगर, धनुषा, ४ चैत रासस धनुषामा आठ वर्षीय बालकको अपहरणपश्चात् हत्या भएको छ ।

कमला नगरपालिका– ८ बस्ने प्रमोद साहका आठ वर्षीय छोरा रमणको हत्या भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । बालकको शव आज बिहान गाउँ नजिकै कुलामा हत्या गरेर फालिएको अवस्थामा फेला परेको छ ।

शनिबार साँझदेखि घरबाट बेपत्ता रमणको शव आज बिहान स्थानीय बासिन्दाले कुलाको पानीमा तैरिरहेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृत बालकको शरीरमा घाउचोट र नीलडाम भेटिएकाले अपहरण गरी हत्या गरेर नै फालिएको हुन सक्ने धनुषाका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले बताउनुभयो । शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org