ताजा समाचार

मन्त्रालय भन्दा बढी मन्त्री बन्ने आकांक्षी भएपछि फाेरमले सरकारमा जान ढीलाे गर्याे

 

काठमाडाैं  ४ चैत । उपेन्द्र यादव नेतृत्वकाे संघीय समाजवादी फोरम नेपालमा  सरकारले दिएकाे मन्त्रालय भन्दा तेब्बर बढी  मन्त्री बन्ने आकांक्षी भएपछि  फोरमले सरकारमा जान ढीलाे गरेकाे छ ।

 फाेरमले सरकारमा सहभागी हुने निर्णय गरिसकेकाे छ । सरकारले फाेरमलाई दुई मन्त्रालय र एक राज्यमन्त्री दिने  सहमति गरिसकेकाे छ ।

फोरमबाट अध्यक्ष  यादव मन्त्री बन्ने निश्चित छ तर अर्का मन्त्री टुंग्याउन फोरमलाई सकस परेको छ। स्रोतका अनुसार एउटा मन्त्रीका लागि ५ नेता आकांक्षी  छन्।

फोरमले पाउने  स्वास्थ्य मन्त्रालयमा सहअध्यक्ष राजेन्द्र श्रेष्ठ र उपाध्यक्ष रेणुकुमारी यादवले दाबी गरिरहेका छन्। अहिलेको पार्टी मधेसी जनाधिकार फोरम र स‌ंघीय समाजवादीबीच एकता भएर बनेकाले एकजना समाजवादी पार्टीबाट आएका नेता मन्त्री हुनु पर्ने उनको माग छ।

फोरम लोकतान्त्रिक कांग्रेसमा एकतापछि समाजवादी फोरममा आएका धनुषा २ का उमाशंकर अरगरियाले पनि अध्यक्ष यादवलाई आफूलाई मन्त्री बनाउन दबाब दिएका छन्। पर्सा ३ का हरिनारायण रौनियारले पनि मन्त्रीको आकांक्षा यादवसँग राखेका छन्।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org