नागरिक समाज पार्टीको झुण्ड बनेको आरोप
काठमाडौँ, ४ चैत । नेकपा (एमाले)का नेता सुवास नेम्बाङले भ्रष्टाचार अन्त्य र सुशासन कायम राखे मात्र मुलुकमा विकास सम्भव भएको बताउनुभएको छ ।
राष्ट्रिय मानवअधिकार प्रतिष्ठान र शान्ति र विकासका लागि नागरिक समाजले यहाँ ‘शान्ति, स्थिरता र विकास ः बृहत् नागरिक परामर्श’ विषयमा आयोजना गरेको छलफलमा उहाँले मुलुकमा रहेको व्याप्त भ्रष्टाचारलाई अन्त्य गरी सुशासन कायम राख्नुपर्ने बताउनुभयो ।
पूर्वसभामुख नेम्बाङले नागरिक समाजलाई देशमा भइरहेको राम्रो र नराम्रो कामको समीक्षा गर्न आग्रह गर्दे अहिले नागरिक समाज पार्टीको झुण्ड बनेको आरोप लगाउनुभयो । नेता नेम्बाङले खिलराज रेग्मी शक्ति पृथ्वीकरणको सिद्धान्त विपरीत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अध्यक्ष र प्रधानन्यायाधीश भएदेखि न्यायालयमा राजनीतिक हस्तक्षेप बढेको समेत बताउनुभयो ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का प्रवक्ता पम्फा भुसालले राज्यका निकायलाई लोकतान्त्रिकीकरण र विश्वसनीय बनाउन आवश्यक रहेको बताउनुभयो । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा संस्थागत रुपमा भ्रष्टाचार र माफियातन्त्रले जरो गाडेको छ भन्दै मुलुकमा लोकतन्त्र बलियो बनाउनका लागि नागरिक समाज सशक्त भएर लाग्नुपर्ने बताउनुभयो ।
नेपाली काँग्रेसका नेता डा मीनेन्द्र रिजालले सरकारले संवैधानिक अंगलाई कमजोर बनाउन खोजेको आरोप लगाउनुभयो । कार्यक्रममा प्रा डा सुरेन्द्र केसी र डा गोपालकृष्ण शिवाकोटीले कार्यपत्र प्रस्तुत गर्दै मुलुकमा राजनीतिक अभ्यास वास्तविक नभएको हुनाले लोकतन्त्रमाथि खतरा बढेको बताउनुभयो । कार्यपत्रमाथि संविधानविद् नीलाम्बर आचार्य, डा भीमार्जुन आचार्य, प्रा विजयकान्तलाल कर्ण, मानवअधिकारकर्मी लिली थापालगायतले न्यायालयमा पछिल्लो पटक भएको कामले अब न्यायालय कसरी चल्ने भन्ने प्रश्न चिह्न खडा भएको बताउनुभयो । (रासस)
Comments
अरु समाचार
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...
-
संवैधानिक स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताएका छन् । संविधान दिवसका अवसरमा आज...
-
संविधानको मर्मअनुरुप काम गर्नुपर्छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको मर्मअनुरुप कार्यसम्पादन गर्नुपर्नेमा जोड दिएका छन् । साथै उनले मुलुकलाई सामाजिक न्यायसहित...
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...