ताजा समाचार

कांग्रेसका नेता पूर्णबहादुर खड्का चढेको गाडी दुर्घटना

काठमाडौ, ४ चैत । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्का चढेको गाडी दुर्घटनामा परेको छ।

सुर्खेतको वीरेन्द्रनगरबाट जिल्लाकै मसिना जाने क्रममा खड्का चढेको बा १५ च ८३५४ नम्बरको गाडी भेरीगंगा नगरपालिको छिन्चु नजिक आइतबार दिउँसो दुर्घटनामा परेको हो।

दुर्घटनामा खड्काका अंगरक्षक प्रहरीका नायव निरीक्षक सामान्य घाइते भएका छन्। खड्का भने सकशुल छन्।

गाडी भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org