बुढाथाेकीले विभिन्न ब्यक्तिलाई आफू सशस्त्र प्रहरी वलको प्रहरी सहायक निरीक्षक भएको भन्दै जागिर लगाईदिने प्रलाेभनमा पारी रकम असुल्ने गरेकी थिइन् ।
महानगरीय प्रहरी वृत्त बालाजुको टोलीले उनीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ । उनले हालसम्म ५ जनालाई ठगि गरी रकम लिएकाे प्रारम्भिक अनुसन्धानकाबाट खुलेकाे छ ।
उनले जागिर लगाईदिन्छु भन्दै काठमाडौंको वनस्थलीमा बस्ने राधा शाहीबाट १ लाख ४५ हजार रुपैयाँ , कपन बस्ने रेणुका भण्डारीसँग ५० हजार रुपैयाँ, विमला खड्कासँग १५ हजार, जुनाकुमारी खड्कासँग १२ हजार र मिना सुनुवारसँग १९ हजार रुपैयाँ लिएको प्रहरीले बताएकाे छ ।