मन्त्री तामाङले पत्रकारभेटमा अाफ्नु सम्पति विवरण सार्वजनिक गरे । उनले आफुसँग ३० तोला सुन, ७० लाख ऋण, काठमाडौँको पुरानोवानेश्वरमा जग्गा र गोकर्णेश्वरमा घर भएको सम्पत्ति विवरण देखाएका छन् ।त्यस्तै मन्त्री तामाङको नाममा सिन्धुपाल्चोकको सिन्धुकोटमा पाखोबारी र खेतहरु देखाइएको छ भने पत्नी उषाकलाको नाममा मोरङमा सात कित्ता जग्गा छ । उषाकलाकै नाममा खोटाङमा जग्गा पनि छ ।
उनी त्रिभुवन विश्वविद्यालयको उपप्राध्यापकसमेत हुन् ।मन्त्री तामाङले मुलुकमा दलिय व्यवस्था भएका कारणले न्यायाधीशहरुपनि कुनै न कुनै दलसँग सम्बन्धीत हुने धारणा पनि उनले व्यक्त गरे। यदी त्यस्ताे छ भने न्यायाधीशकाे पदमा बसेपछि दलको सदस्यता त्याग्नुपर्ने र न्यायाधीश भएर काम गर्नुपर्ने समेत उनले बताए