ताजा समाचार

नयाँ शक्ति पार्टीको प्रदेश १ र २ को संयुक्त प्रशिक्षण तथा बैठक लहानमा शुरु

लहान, ५ चैत । नयाँ शक्ति पार्टी नेपालको प्रदेश नम्बर १ र २ को संयुक्त तथा बैठक आजदेखि सिरहाको लहानमा शुरु भएको छ ।

लहानस्थित गोपाल सेवा समितिको सभाहलमा शुरु भएको प्रशिक्षण तथा प्रदेशस्तरीय बैठकको पार्टी संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले उद्घाटन गरेका छन् ।

दुई दिनसम्म चल्ने प्रशिक्षण तथा प्रादेशिक बैठकलाई पार्टी संयोजक डा भट्टराईसहित नेता हिसिला यमी, प्रवक्ता डम्बर खतिवडा, परशुराम खापुङलगायतका नेताले प्रशिक्षण दिने कार्यक्रम रहेको सो पार्टीका नेता रामरिझन यादवले जानकारी  दिए ।

आज दिनभरि संयोजक डा भट्टराईसहित नेताले प्रशिक्षण दिने  र केन्द्रीय नेताकै उपस्थितिमा भोलि प्रदेश १ र प्रदेश २ को छुट्टाछुटै बैठक बस्ने कार्यतालिका रहेको नेता यादवले बताए ।

कार्यक्रममा पार्टीले अघि सारेको नीति र कार्यक्रमको सन्दर्भमा व्यापक छलफल गरी बैठकबाट स्थानीयस्तरसम्म पार्टीको भूमिका प्रभाबकारी कसरी बनाउने भन्ने बारेमा ठोस निर्णय लिइने नयाँ शक्ति पार्टीका अर्का नेता राजेश रामले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org