ताजा समाचार

प्रदेश ३ को राजधानी अब सार्न सकिदैन 

हेटाैंडा, ७ चैत । बुधबार बिहान प्रेस सेन्टर नेपालकाे  पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  प्रदेश सरकारकाे सम्पूर्ण काम हेटौंडाबाटै सुरु भइसकेकाले गर्दा अब  ३ नम्बर प्रदेशको राजधानी सार्ने कुरा सम्भव नभएकाे बताएका छन् ।  

सरकारले पहिले नै राजनीतीक छलफल  गरेर हेटाैंडालाई राजधानी बनाउने निर्णय गरिसकेकाले अब राजधानी सार्ने कुराकाे बहस गर्नुकाे अाैचित्य नरहेकाे प्रचण्डले बताए ।  ।

सबै काम र पूर्वाधारको व्यवस्थापन हेटौंडामा भैसकेकाले राजधानी सार्ने कुरा अब धेरै गर्न नहुने र जिम्मेवार पदमा रहेकाले बोल्दै हिँड्न नहुने पनि उने बताए

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org