ताजा समाचार

एसईई परीक्षा आजबाट सुरू

काठमाडाैं,८ चैत। (एसईई)  परीक्षा अाजबाट सुरु भएकाे छ ।  एसईई परीक्षामा  चार लाख ८५ हजार ५ सय ८६ विद्यार्थीहरु सहभागी  हुनेछन्प ।

नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ जना परीक्षार्थी सहभागी छन् ।

८ बजेदेखि ११ बजेसम्म हुने परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा छ। वेदविद्याश्रमतर्फका विद्यार्थीले भने अनिवार्य संस्कृत भाषा र साहित्य विषयको परीक्षा दिइरहेका छन् ।

यसपटक अनिवार्य विषयतर्फ गणित बाहेक सबैमा प्रयोगात्मक परीक्षा हुने भएकाले यस पटकको परीक्षा विशेष छ । १० वर्षपछि नयाँ पाठ्यक्रम लागू गर्दै गणित बाहेक सबै विषयमा प्रयोगात्मक परीक्षा लागू गरिएको हो । परीक्षा चैत २० गते सकिनेछ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org