ताजा समाचार

सरुवा हुन नमान्ने कर्मचारीकाे हाजिर राेक्न वैदेशिक रोजगार विभागलाई मन्त्री गोकर्ण बिष्टकाे निर्देशन

काठमाडाैं,८  चैत । श्रम तथा रोजगारमन्त्री गोकर्ण बिष्टले  सरुवा हुन नचाहाने  कर्मचारीकाे हाजिर नगराउन वैदेशिक रोजगार विभागलाई  निर्देशन दिएका छन् ।     विभागबाट सरुवा हुन अस्वीकार गर्दै दरबन्दीभन्दा बढी कर्मचारी बसेको पाइएपछि बिष्टले दरबन्दीविना नै विभागमा बसिरहेका कुनै कर्मचारीको हाजिरी रोक्न निर्देशन दिएको स्रोतले जानकारी दियो ।

अहिले विभागमा दरबन्दीभन्दा १६ जना बढी कर्मचारी छन् । उनीहरु सामान्य प्रशासन मन्त्रालयले गरेको सरुवा नै रद्द गरेर बसेका छन् । सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा खटाएका कर्मचारीलाई श्रम मन्त्रालयले काजमा राखेको थियो ।

यसमा सामान्यले पटक-पटक असन्तुष्टी जनाएको थियो । गत असोजमा सामान्य प्रशासनले मन्त्रालयले स्थानीय तहमा कर्मचारी अभाव भएपछि विभिन्न निकायबाट कर्मचारीको काज सरुवा गरेको थियो । तर, केही कर्मचारी विभागबाट अन्त जानै मानेका थिएनन् ।

खटाएको स्थानीय तहमा अनिवार्य रुपमा जानुपरेमा अटेर गरी रमानापत्र समेत नुबुझी कर्मचारीलाई श्रम मन्त्रालयले काजमा तानेर सामान्य प्रशासनको अधिकारमाथि नै चुनौती दिएको थियो । नियमतः सामान्य प्रशासनले सरुवा गरेको कर्मचारीलाई अर्को मन्त्रालयले काजमा राख्न पाउँदैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org