ताजा समाचार

आज विश्व पानी दिवस मनाइँदै

काठमाडाै‌ं,८ चैत ।  पानी र दिगो विकास’ भन्ने नाराका साथ नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी विश्व पानी दिवस मनाइँदै छ ।  पानीको  स्रोतको संरक्षणमा चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आइतबार विश्व पानी दिवस मनाइएकाे हाे ।

जलाधार क्षेत्रको संरक्षण, स्वच्छ पेयजलको अभावमा मानव शरीरमा लाग्ने रोगलगायत पानीको महत्वबारे सर्वसाधारणमा चेतना जगाउन सरकारी नियकाय र विभिन्न सामाजिक सङ्घसंस्थाले विविध कार्यक्रम आयोजना गरिरहेका छन् ।

सहरी विकास मन्त्रालय र जल तथा ऊर्जा आयोगको अगुवाइमा देशका विभिन्न स्थानमा विश्व पानी दिवससम्बन्धी कार्यक्रम गत मङ्गलबारदेखि ‘जल सप्ताह’ अन्तर्गत सञ्चालन भइरहेका छन् । ‘नेपालमा दिगो विकासका लागि पानी’ नाराका साथ सञ्चालित ती कार्यक्रममा उपभोक्ताका साथै सरसफाइ तथा खानेपानीको क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संघसंस्थाको उत्साहजनक सहभागिता छ ।

वि

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org