मिथिलाञ्चलमा चैती छठ
बर्दिवास, ९ चैत । महोत्तरीसहित मिथिलाञ्चल क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिँदै चैती छठ उत्सव मनाइँदैछ ।
चार दिनसम्म विभिन्न विधिहरु गर्दै मनाइने चैती छठको तेस्रो दिन आज महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत जिल्लाका जलाशयमा अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरिँदैछ ।
मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने चैती छठका व्रतालु आज निराहार कठोर व्रत गरिरहेका छन् । गत बुधबार चैत शुक्ल चौथीका दिन पवित्र स्नान गरेर ‘नहाय खाय’ विधिबाट व्रतालुले यसपालिको चैती छठ पर्वको संकल्प गरेका थिए ।
व्रतालुले बिहीबार पञ्चमी तिथिमा दिनभर निराहार व्रत बसेर राति सख्खरमा पकाइएको अलिनो खिर इष्टदेवतालाई चढाएर प्रसादस्वरुप खाएर ‘खरना’ विधि सम्पन्न गरेका छन् । यस पर्वमा षष्ठी तिथिका दिन निराहार व्रत बसेर साँझ अस्ताउँदो सूर्यलाई ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार र फलपूmल देखाएर अघ्र्य दिइन्छ । यसलाई ‘सझुका अरख’ भन्ने गरिन्छ ।
आज निराहार व्रत बसेका व्रतालुले रातभरि जाग्राम बसेर भोलि सप्तमी तिथिका दिन बिहान उदाउँदो सूर्यलाई उनै (सझुका अरखकै) पूजा सामग्रीले अघ्र्य दिएपछि पर्व सम्पन्न हुन्छ ।
वर्षमा शारदीय र वासन्ती गरी दुई पटक छठ मनाइने परम्परा छ । एक दशकअघिसम्म चैती छठको त्यति प्रचलन नभए पनि केही वर्षयता यो पर्व मनाउने परम्परा बढेको छ । कात्तिक शुक्लपक्षको चौथीदेखि सप्तमीसम्म मनाइने छठलाई शारदीय र चैत शुक्लपक्षको चौथीदेखि सप्तमीसम्म मनाइने छठलाई चैती छठ भन्ने गरिएको छ ।
दुवै व्रतका व्रत विधि र पर्व सामग्री भने समान छन् । सूर्यको उपासना गरिने यो पर्व मिथिला लोकसंस्कृतिको प्रतीक मानिन्छ । यस व्रतको प्रभावले सुख, सन्तोष प्राप्त हुने र मनवाञ्छित फल पाइने जनविश्वास रहँदै आएको छ ।
महोतरीको जलेश्वर, मटिहानी, सुगा, गौशाला, पिपरा, सम्सी, बर्दिबासलगायत शहरी एवं ग्रामीण क्षेत्रमा रहेका विभिन्न पोखरी, तलाऊ, नदी तथा नहरको किनारमा चैती छठ पर्व मनाइँदै छ ।
सुख, शान्ति, समृद्धि, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङक्षा पुराहोस भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने चैती छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलासयमा भक्तजनको भीड लाग्छ ।
षष्ठीका दिन आज साँझ गहुँ र चामलको पिठोबाट बनाइएका ठकुवा, भुसवा, खजुरीया, पेरुकिया जस्ता पकवान र विभिन्न फलपूmल तथा मुला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा, कोनिया, सरवा, ढाकन, ठूलो ढाक्कीमा राखेर परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्तिगीत एवं लोकगीत गाउँदै जलाशय नजिक बनाइएको छठ घाटसम्म पुग्ने गर्छन् । अस्ताउँदो सूर्यको आराधना गर्दै अघ्र्य दिँदै चैती छठ मनाइन्छ । रासस
Comments
अरु समाचार
-
अध्यागमनको छवि सुधार गर्न आवश्यक छ: गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालयले आफ्नो छवि सुधार गर्न आवश्यक रहेको बताएका छन् । अध्यागमन कार्यालयका बारेमा नकरात्मक...
-
बङ्गलादेशले लगायो पोलिथिन झोला प्रयोगमा प्रतिबन्ध
काठमाडौं । बङ्गलादेशका सबै सुपरमार्केटमा प्लाष्टिक (पोलिथिन एण्ड पोलिप्रोपाइलिन ब्याग) झोला राख्न प्रतिबन्ध लगाइएको छ । यो निर्णय अक्टोबर १...
-
प्रधानमन्त्रीविरुद्ध सामाजिक सञ्जालमा भइरहेका गतिविधि देशहित विपरीत छन्ः महासचिव पोखरेल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली विदेशमा रहेका बेला प्रधानमन्त्री विरुद्ध सामाजिक सञ्जालमार्फत...
-
पोखरीमा डुबेर बेपत्ता भएकी बालिकाको शव फेला
काठामाडौं । धनुषाको धनुषा धाममा रहेको पोखरीमा डुबेर बेपत्ता भएकी बालिकाको शव आज बिहान फेला परेको छ । धनुषाधाम नगरपालिका...
-
घमेश दुलालले ल्याए खर्च दशैंलाई (भिडियो)
काठमाडाैं । चर्चित गायक घमेश दुलालले 'खर्च दशैंलाई' बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलालले आफ्नै युट्युब...
-
दाङमा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते
काठमाडौं । दाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । घोराही उपमहानगरपालिका–११ खुङकोटका निमकली साहुको...
-
मन्त्री राणा र अमेरिकी उपमन्त्री वासबीच भेटवार्ता
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन आएकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग अमेरिकाका राजनीतिक मामिलासम्बन्धी कार्यवाहक उपविदेश मन्त्री जोन...
-
बङ्गलादेशले मौद्रिक नीतिमा कडाइ गर्ने
काठमाडौं । बङ्गलादेशको केन्द्रीय बैङ्कले मुद्रास्फीति नियन्त्रण गर्न सरकारलाई सहयोग पु¥याउने उद्देश्यले आगामी महिनाको अन्त्यसम्ममा दुई पटक नीतिगत दरमा वृद्धि...
-
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान गरेको छ । आयोगले आज एक सूचना...