ताजा समाचार

ठूला घर बनाएर शान देखाउनकाे सट्टा उद्यममा लगानी गर्नुहाेस् : मुख्यमन्त्री पोखरेल

 

बुटवल,१३ चैत । रुपन्देहीको मंगलापुरस्थित लुम्बिनी हेल्थ वाटर किङडमको बुधबार उद्घाटन गर्दै प्रदेश ५ का मुख्यमन्त्री  शंकर पोखरेलले ठूलाे घर बनाएर शान देखाउनकाे साट्टाे बरु त्याे पैसाले  उद्यममा लगानी गर्न आग्रह गरेका छन् ।

उद्घाटन मा बाेल्दै मुख्यमन्त्री पोखरेलले भने  नेपालमा पर्यटनका ठूला गफ गर्ने मात्र रहेका छन् तर पर्यटकीय पुर्वाधारमा पर्याप्त लगानी गर्ने काेही छैनन् ।

साथै उनले भाषणले मात्रै पर्यटन प्रवर्द्धन नहुने बताउदै पर्यटकलाई आवश्यक पर्ने पुर्वाधारहरुमा पनि लगानी गरेर  लाभ लिन आग्रह गरे

मन्त्री पोखरेलले नेपालीहरुले ठूला घर बनाएर सान देखाउने र जिन्दगीभरी कमाएकाे पैसा त्यही घर बनाउदा सक्ने गलत गरम्परा रहेकाे  समेत बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org