ताजा समाचार

एक हजार तीन सय बिघामा मेन्था खेती

कलैया, १३ चैत । बाराको मनहर्वास्थित नेचुरल रिसिस प्रालिले यसवर्ष एक हजार तीन सय बिघामा मेन्था खेती गरेको छ ।

आर्थिक वर्ष २०७३÷७४ मा उक्त प्रालिले क्यामोमाइल र मेन्था खेती गरी रु ६ करोड बराबरको आठ हजार एक सय किलो उत्पादन गरेको थियो ।

क्यामोमाइल तेल प्रतिबिघा चारदेखि पाँच किलो उत्पादन हुन्छ । प्रतिकिलो रु २१ का दरले बिक्री हुने गरेको सो लिमिटेडका प्राविधिक सल्लाहकार अजयकुमार जसवालले बताउनुभयो ।

यस्तै, मेन्था तेल प्रतिबिघा एक सयदेखि १५० किलो उत्पादन हुन्छ भने प्रतिकिलो रु एक हजार ५० का दरले बिक्री हुन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org