ताजा समाचार

गाैरीकला हत्यामा संलग्न ट्राफिक प्रहरीसहित ३ जना पक्राउ

 
सुर्खेत,१४ चैत । गौरीकला रोकायको हत्यामा संलग्न  ट्राफिक प्रहरीसहित ३ जना दाेषिलाई  प्रहरीले  पक्राउ गरेकाे छ   ।

जिल्लाको पञ्चपुरी नगरपालिका–३ की  रोकाय एसईई परीक्षाका  दिनका लागि बाबियाचौरमा डेरा लिएर बसेकी थिइन् ।  परीक्षा दिने समय हुनै लाग्दा उनी काेठा बाहिर नअाएपछी बाेलाउन जादा मंगलबार काेठामा मृत भेटिइन् ।

घटना भएसंगै अनुसन्धान सुरु गरेकाे  प्रहरीले गाैरीकाे हत्यामा सँम्लग्न  दाेषिलाई भाेलिपल्टै  नियन्त्रणमा लिएकाे हाे । पक्राउ पर्नेहरुमा दैले घर भएका अस्थायी ट्राफिक पोष्ट बाबियाचौरमा कार्यरत ट्राफिक प्रहरी हरि कोइराला, पञ्चपुरी–८ बाँझीगाउँका लक्ष्मीप्रसाद बास्तोला र खुमप्रसाद बास्तोला  छन् । हत्यामा सँम्लग्न दाेषिले  हत्या गरेको स्वीकारेको इलाका प्रहरी कार्यालय, बाबिचौरले जनाएकाे छ ।

प्रहरीलाई दिएकाे बयान अनुसार  यौनसम्बन्ध राख्न कोठाबाट अन्यत्र लैजाने क्रममा मोटरसाइकल दुर्घटना भएर रोकाय गम्भीर घाइते भएको र अचेत अवस्थामा अाफूहरुले डेरामा छाडेर भाग्दा उनको ज्यान गएको  बताइएकाे छ ।

पक्राउ परेकाहरुलाई प्रहरीले पत्रकार सम्मेलन गरेर  सार्वजनिक गर्दैछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org