ताजा समाचार

विप्लव पार्टीको पुर्जी ओली निवासमा टाँसियो

झापा १४ चैत । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित निवासमा पन्ध्रदिने ‘वारेन्ट’ जारी गरिएको सूचना टाँसेको छ ।

ओली निवासमा गेटमा सुरक्षार्थ प्रहरी बस्ने गरेता पनि प्रहरीलाई छलेर विप्लव पार्टीका कार्यकर्ताले पुर्जी टासेका हुन ।

चुनाव अगाडि ओली निवास बाहिर बम विस्फोट पनि भएको थियो ।

हिजो मात्रै विप्लव पार्टीले प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्ड विरुद्ध पक्राउ पुर्जी जारी गरेको बताएको थियो ।

यस अघि सरकारले विप्लव विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org