ताजा समाचार

नेता खुमबहादुर खड्काको निधन

 

 

काठमाडौँ, १६ चैत । नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको निधन भएको छ । उनको भारतको नयाँ दिल्ली स्थित अपोलो अस्पतालमा उपचारको क्रममा शुक्रबार साँझ निधन भएको साे अस्पताले जनाएको छ।

अपोलो अस्पतालमा उपचार शुरु भएको ३९ दिनमा खड्काको निधन भएको हो। उनको उपचारमा संलग्न चिकित्सकहरुले उनलाई बचाउन नसकेको बताएका छन्। अपोलोका प्रबन्ध निर्देशक डा अशोक वाजपेयीले खड्कालाई बचाउन नसकेकोमा दुख व्यक्त गरे। यता नेपाली का‌ंग्रेसले पनि  खड्काको निधनको पुष्टि गरेको छ। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले खड्काको निधनको पुष्टि गरेका हुन् ।

नेताहरूद्वारा दुःख व्यक्त

यसैबीच, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री खुमबहादुर खड्काको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

सभापति देउवाले आजै साँझ शोक विज्ञप्ति प्रकाशित गरी नेपालमा लोकतन्त्र स्थापना र पुनःस्थापनामा सक्रिय भूमिका निर्वाह गरेका, लामो समय प्रवास र जेल जीवन व्यतित गरेका नेता खड्काको निधनको खबरले आफूलाई मर्माहत र स्तब्ध भएको बताएका छन् ।

यसैगरी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा र वरिष्ठ नेता रामचन्द्र पौडेलले खड्काको भारतको एपोलो अस्पतालमा उपचारका क्रममा निधन भएको खबरले आफूहरूलाई स्तब्ध बनाएको बताएका छन् ।

आज भारतको दिल्लीस्थित अपोलो अस्पतालमा उपचारका क्रममा साँझ ५ः१५ बजे उनको निधन भएको थियो । उनी मिर्गौला, छाती र नसासम्बन्धी समस्याबाट पीडित थिए । मिर्गौला प्रत्यारोपण गरेका नेता खड्काको स्वास्थ्यमा समस्या देखिएपछि गत फागुनको पहिलो साता उनलाई नयाँ दिल्लीमा उपचारका लागि लगिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org