ताजा समाचार

खुमबहादुरलाई श्रद्धाञ्जलि दिन नेताहरू सानेपामा

 

नेपाली कांग्रेसका नेता खुमबहादुर खड्कालाई अन्तिम श्रद्धाञ्जलि दिन काठमाडौंको सानेपास्थित उनको निवासमा नेता तथा कार्यकर्ताको ठूलो भीड लागेको छ।

 

बिहान दश बजेअघि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला, प्रकाशसरण महत, मिनेन्द्र रिजाल, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य दीपक गिरी, चिनकाजी श्रेष्ठ, देवन्द्र राज कँडेल, शंकर भण्डारी लगायतका नेताहरूले खड्ले सानेपा पुगेर श्रद्धाञ्जलि व्यक्त गरेका हुन्

गएराति दश बजेर तीर पूर्व गृहमन्त्री खड्काको शव जेट विमानबाट त्रिभुवन विमानस्थलमा ल्याइएको थीयो ।

६६ वर्षीय खड्काको उपचारका क्रममा दिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको थियो ।खड्काको पार्थिव शरीर आइतबार दिउँसो १ बजेपछि मात्रै सानेपास्थित पार्टी कार्यालय लगिने भएको छ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org