ताजा समाचार

दाङमा नेपाली कांग्रेसले १३ दिनसम्म कुनै पनि औपचारिक कार्यक्रम नगर्ने

दाङ, १८ चैत । नेपाली कांग्रेसले दाङमा १३ दिनसम्म कुनै पनि औपचारिक कार्यक्रम नगर्ने भएको छ। दाङ नेपाली कांग्रेसले पूर्व गृहमन्त्री खुमबहादुर खड्काको मृत्युको शोकमा १३ दिनसम्म कुनै पनि औपचारिक कार्यक्रम नगर्ने भएको हाे । 

६६ वर्षीय खुमबहादुर खड्काको उपचारका क्रममा दिल्लीको एपोलो अस्पतालमा निधन भएका थियाे । खड्काको  मृत्युको शोकमा १३ दिनसम्म जिल्ला, नगर, वडा तथा ईकाइहरूमा कुनै पनि औपचारिक कार्यक्रम नगर्ने निर्णय कांग्रेसले गरेकाे छ ।

साथै सनिबार दाङमा बसेकाे नेपाली कांग्रेसकाे बैठकले १२औँ दिनसम्म पार्टीको झन्डा आधा झुकाउने, शान्ति दीप प्रज्ज्वलन गर्ने र  १३ औँ दिनसम्म पार्टीका कुनैपनि आधिकारिक कार्यक्रम नगर्ने निर्णय गरेकाे छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org