ताजा समाचार

मयुर यातायातलाई रुट इजाजत दिएको विरोधमा यातायात ठप्प

 

मयुर यातायातका सुविधासम्पन्न नयाँ बसलाई यातायात  विभागले रुट इजाजत दिएको भन्दै कोटेश्वर पूर्वका १३ वटा समितिले अाजबाट अरनिको राजमार्गमा गाडी गुडाउन बन्द गरेका हुन् ।

मयुर यातायातले चैत १ देखि ४२ सिट क्षमतासम्मका २४ वटा गाडी संचालनमा ल्याएको थियो। चक्रपथ परिक्रमा गर्दै बनेपासम्म यी बस गुड्छन्।

मयुर यातायात सहमती  बिनै प्रतिस्पर्धामा अाएकाे र आफूहरुले पर्याप्त बस गुडाइरहेको र  यात्रुहरुबाट पनि कुनै गुनासो नआएको भन्दै समितीले यातायात अावगमन अवरुद्ध पारेका छन् ।

गाडीमा वाईफाई तथा टिभीको सुविधा छ। त्यस्तै गम्भिर अपाङ्ग तथा ७० वर्ष माथिकालाई निःशुल्क सेवा सुविधा प्रदान गरिरहेको संघले जनाएको छ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org