निजामतीको कर्णाली प्रदेश अध्यक्षमा गिरी निर्वाचित
सुर्खेत, १९ चैत । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको कर्णाली प्रदेश अध्यक्षमा देवेश्वर गिरी सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
कर्णाली प्रदेशअन्तर्गत १० जिल्लाका निजामती कर्मचारीको वीरेन्द्रनगर सुर्खेतमा भएको प्रदेशस्तरीय प्रथम भेलाबाट आज गिरीको अध्यक्षतामा २५ सदस्यीय प्रदेश समिति गठन गरिएको हो । समितिको उपाध्यक्षद्वय मुनबहादुर रावल र केशरकुमार चपाई, सचिवमा धनबहादुर महत, सहसचिवमा मानबहादुर बुढा, कोषाध्यक्षमा गणेश विक र सहकोषाध्यक्षमा ललिता बोगटी निर्वाचित भएको नवनिर्वाचित अध्यक्ष गिरीले जानकारी दिनुभयो ।
त्यसैगरी, कर्णाली प्रदेशस्तरको तीन सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ । जसको संयोजकमा शरणकुमार बडुवाल, सदस्यहरु महाकृष्ण पाण्डे र यामबहादुर बिसीलाई चयन गरिएको नवगठित प्रदेश समितिले जनाएको छ । आइतबार शुरु भई आज सम्पन्न भएको प्रथम भेलामा संगठनका २२३ जना निजामती कर्मचारीको सहभागिता रहेको थियो ।
रासस
Comments
अरु समाचार
-
अध्यागमनको छवि सुधार गर्न आवश्यक छ: गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालयले आफ्नो छवि सुधार गर्न आवश्यक रहेको बताएका छन् । अध्यागमन कार्यालयका बारेमा नकरात्मक...
-
बङ्गलादेशले लगायो पोलिथिन झोला प्रयोगमा प्रतिबन्ध
काठमाडौं । बङ्गलादेशका सबै सुपरमार्केटमा प्लाष्टिक (पोलिथिन एण्ड पोलिप्रोपाइलिन ब्याग) झोला राख्न प्रतिबन्ध लगाइएको छ । यो निर्णय अक्टोबर १...
-
प्रधानमन्त्रीविरुद्ध सामाजिक सञ्जालमा भइरहेका गतिविधि देशहित विपरीत छन्ः महासचिव पोखरेल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली विदेशमा रहेका बेला प्रधानमन्त्री विरुद्ध सामाजिक सञ्जालमार्फत...
-
पोखरीमा डुबेर बेपत्ता भएकी बालिकाको शव फेला
काठामाडौं । धनुषाको धनुषा धाममा रहेको पोखरीमा डुबेर बेपत्ता भएकी बालिकाको शव आज बिहान फेला परेको छ । धनुषाधाम नगरपालिका...
-
घमेश दुलालले ल्याए खर्च दशैंलाई (भिडियो)
काठमाडाैं । चर्चित गायक घमेश दुलालले 'खर्च दशैंलाई' बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलालले आफ्नै युट्युब...
-
दाङमा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते
काठमाडौं । दाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । घोराही उपमहानगरपालिका–११ खुङकोटका निमकली साहुको...
-
मन्त्री राणा र अमेरिकी उपमन्त्री वासबीच भेटवार्ता
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन आएकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग अमेरिकाका राजनीतिक मामिलासम्बन्धी कार्यवाहक उपविदेश मन्त्री जोन...
-
बङ्गलादेशले मौद्रिक नीतिमा कडाइ गर्ने
काठमाडौं । बङ्गलादेशको केन्द्रीय बैङ्कले मुद्रास्फीति नियन्त्रण गर्न सरकारलाई सहयोग पु¥याउने उद्देश्यले आगामी महिनाको अन्त्यसम्ममा दुई पटक नीतिगत दरमा वृद्धि...
-
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान गरेको छ । आयोगले आज एक सूचना...